मंगलबार २३ जेठ २०८०

जान्नुहोस् नेपाली चलचित्रमा दाजुभाई नभएका अभिनेत्री को-को हुन् त ?

शिल्पा पोख्रेल

recommended by
Mgid
Mgid

HERBEAUTY
Why bad men are like junk food
Here are 9 reasons
LEARN MORE

अभिनेत्री शिल्पा पोख्रेल पनि दाजु भाई नहुने अभिनेत्रीमा पर्छिन् । घरको जेठो सन्तानको रुपमा जन्मेकी उनकी एक बहिनी छिन् सोनिया । शिल्पा दाजुभाई नभएपनि तिहारमा खाली हात बस्नु पर्दैन । उनले निर्देशक विकाश रौनीयारलाई दाई मानेकी छिन् । उनी तिहारमा उनैलाई टिका लगाउने गर्छिन्

पूजा शर्मा

भिजे र मोडलपछि नायिका बनेकी अभिनेत्री पूजा शर्मा पनि घरकी एक्ली छोरी हुन् । उनका पनि दाजुभाई छैनन् । पूजाले आफू परिवारको एक्लो सन्तान भएका कारण पनि हुनसक्छ सानैदेखि निकै नै पुलपुल्लिएर हुर्केको बताउँछिन् । तिहारको समयमा उनी रानी पोखरी जान्छिन् । रानी पोखरीमा गएर तिहार मनाउने उनी पोहोर साल भुईचालो आएपछि भने त्यहाँ नगएको जानकारी पनि फर्सीनेटवर्कलाई दिएकी छिन् ।

रजनी केसी

लोफर, परदेशी, ब्रासलेट जस्ता सिनेमामा काम गरिसकेकी अभिनेत्री रजनी केसी परिवारकी एक्लो सन्तान हुन् । दाजुभाई नभएर पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि नै छोरा जसरी हुर्केको हो म भन्ने रजनीलाई उनको परिवारले पनि छोरोको नामले सम्बोधन गर्ने गर्दछ । उनी आफू छोरी भएर जन्मेपनि घरमा भने छोराको रुपमा रहेको बताउँछिन् ।

संचिता लुईटेल

अभिनेत्री संचिता लुईटेल घको जेठो सन्तान हुन् । उनका दाजूभाई छैनन् तर दुईजना बहिनीहरु सिवानी र समिता छन् । दाजुभाई नभएको हुँदा तिहारमा के गर्नुहुन्छ कसरी मनाउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिईन्– हामी दिदी बहिनीहरुले एकअर्कालाई टीका लगाउँछौ अनि तिहार मनाउँछौँ । एकदमै रमाईलो हुन्छ । दिदी बहिनीहरुले नै एकले अर्कालाई टिका लगाएर तिहार मनाउनुको मज्जा बेग्लै हुने संचिताको भनाई छ ।

श्रेया कार्की

बाग्मती अभिनेत्री श्रेया कार्की पनि दाजुभाई नहुने अभिनेत्री हुन् । उनीका एक दिदी शितल र एक बहिनी श्रेयुत्ता छन् । तिहारमा आफूहरु एकअर्कालाई टीका लगाएर रमाईलो तरिकाले मनाउने गरेका जानकारी श्रेयाले हामीलाई दिएकी छिन् । उनीहरुले नै एकअर्कालाई दाजूभाईकोे आवश्यकता पुरा गरिरहेका छन् ।


Last Updated on: May 25th, 2021 at 1:24 am
४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया