मंगलबार १२ मंसिर २०८०

काठमाडौ। नेकपा एमालेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

बैठकले भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीबाट निष्कासनमा परेका अन्य नेताहरूले विभिन्न प्रतिक्रिया दिएपनि युवा नेत्री रामकुमारी झाँक्रीले भने विन्दास देखिन्छिन्। उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…।’


Last Updated on: May 25th, 2021 at 11:14 am
५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया