बुधबार २४ जेठ २०८०

काठमाडौं

नेकपा एमालेका नेता तथा केपी शर्मा वली नेतृत्वको सरकारका वनमन्त्री प्रेम आलेको प्रचार मोह छर्लंग भएको छ । देश कोरोना महामारीले आक्रान्त भएको बेला चारैतिर अक्सिजनको हाहाकार रहेको बेलामा चाइनाबाट अनुदानमा आएको भनिएका अक्सिजन सिलिन्डरमा मन्त्रि प्रेम आलेले आफ्नो आफ्नो व्यक्तिगत सहयोगमा आएको अक्सिजन सिलिन्डर भन्दै सिलिन्डरमा फोटो टाली प्रचारप्रसार गरेका छन् ।

मन्त्रि आले बारम्बार विवादमा आइरहने नेता हुन् । केहि समय अगाडी सार्वजनिक कार्यक्रममै मन्त्रि आलेले रुखले मानिसहरुलाई कार्बनडाइअक्साइड दिन्छ मान्छेले रुखलाई अक्सिजन दिन्छ भनेको भासणको सर्वत्र बिरोध भएको थियो ।

अहिलेपनि चिनिया सरकारबाट अनुदानमा आएको भनिएका अक्सिजन सिलिन्डरमा आफ्न्तो व्यक्तिगत फोटो राखेर प्रचार गरेपछि मन्त्रि आले पुनः विवादमा तानिएका छन् ।

टालिएको पोस्टरमा मन्त्रि आलेको तस्विरसहित ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्रि प्रेम बहादुर आले ज्युको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री” वाक्यास लेखिएको छ । उक्त अक्सिजन सिलिन्डर चिनिया सरकारले अनुदानमै दिएको हो या होइन अझै भने खुलेको छैन ।


Last Updated on: May 25th, 2021 at 11:28 am
३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया