शुक्रबार १९ जेठ २०८०

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध
May 25, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

थप २२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ । त्यस्तै बाँकी ६ हजार भिसा काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध हुनेछ ।

यो भिसामा कामदारहरु ल्याउनका लागि रोजगारदाताले यदि अस्थायी कामदार नल्याएको खण्डमा ब्यापारमा नोक्सान पुग्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । उक्त कामका लागि कामदार अमेरिकामा उपलब्ध नभएको, अमेरिकामा हुनेहरु काम गर्न इच्छुक नरहेको वा योग्य नभएको समेत प्रमाणित गर्नुपर्छ । त्यस्तै यो भिसाका लागि कामदार आफैले भने आवेदन दिन मिल्दैन, रोजगारदाताले आवेदन दिनुपर्छ ।

थप भिसाका लागि मे २५ बाट आवेदन दिन सकिने छ । यो भिसाका लागि आवेदन दिने नियमित कोटा भने गत फरबरी १२ मा नै पुगेको थियो । त्यसैले थप संख्याले थप कामदारका लागि अवशर श्रृजना भएको छ ।

रोजगारदाताले पहिले नै एच टु बी भिसामा अमेरिकामा रहेका कामदारहरुलाई पनि नयाँ आवेदन स्वीकृति हुँदासम्म प्रतिक्षा नगरिकनै काममा राख्न सक्ने भएका छन् । अतिरिक्त कोटा आर्थिक बर्ष सन् २०२१ का लागिमात्र लागु हुने र आगामी आर्थिक बर्षको संख्याबाट नघटाइने जनाइएको छ ।


Last Updated on: May 25th, 2021 at 11:30 am
६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया