बिहिबार ११ आश्विन २०८०

माधव नेपालका प्रभावशाली खम्बा योगेश भट्टराई र गोकर्ण विष्ट ओलीतिर!
May 25, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । प्रतिनिधिसभा विघटनदेखि केही दिन अघिसम्म पनि एमालेका केही प्रभावशाली युवा नेताहरुले नेता माधव कुमार नेपाललाई साथ दिंदै आएका थिए ।

अरु नेताहरुसँगै लोकप्रिय दुई युवा नेता योगेश भट्टराई र गोकर्ण विष्ट भने पछिल्लो समय माधव नेपाल पक्षबाट केही टाढा देखिएका छन् ।

२७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन भने यी दुई पनि अनुपस्थित थिए । तर, पछिल्लो पटक वैकल्पिक सरकारका लागि नेपाल पक्षका सांसदले हस्ताक्षर गर्दा भट्टराई र विष्ट भने यो पक्षमा खुलेनन् ।

नेता योगेशले एमालेलाई फुटबाट बचाउन सकिन्छ की भनेर आफू ब्याक भएको बताएका छन् ।

यता विष्टले भने सोमबार विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्ने रिटमा एमालेका सांसदबाट हस्ताक्षर गर्न मानेनन् ।

उनी स्वास्थ्यमा समस्या भएकाेले घरमै आराम गरिरहेकाे जनाइएकाे छ ।

यी दुई युवा नेताहरु निरन्तर एमालेलाई फुटको दिशामा जान नदिनेगरी भूमिका निर्वाह गर्दै आएका थिए । तर, आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध सरकार गठनको प्रक्रियामा भने यी दुवै नेताहरु सहभागी भएनन् ।

तत्काल नेपाल पक्षलाई साथ नदिने जनाउ दिए पनि उनीहरुले केपी ओली पक्षमा खुलेर लागेको घोषणा गरिसकेका छैनन् । सोमबार नेपाल पक्षका झण्डै ३० सांसदले रिट निवेदनमा एमालेका तर्फबाट हस्ताक्षर बुभाउने दाबी गरिएको थियो ।

तर, भट्टराई, विष्टसहित पवित्र निरौला र गणेश पहाडीले पनि हस्ताक्षर गर्न मानेनन् । यी चार सांसदले साथ नदिएपछि विपक्षी गठबन्धनले तयार पारेको रिटमा २३ एमालेका सांसदले मात्र हस्ताक्षर गरे ।

जसमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनाश्याम भुसालसहितका प्रभावशाली नेताहरुको साथ छ ।

त्यस्तै, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरी छन् ।


Last Updated on: May 25th, 2021 at 11:40 am
६८० पटक हेरिएको

तपाईको प्रतिक्रिया