
प्युठानमा आमा, छोरी र छोरा झु’ण्डिएको अ’वस्थामा मृ’त फेला
Enews Nepali
@Enewsnepali
प्युठानमा आमा, छोरी र छोरा झु’ण्डिएको अ’वस्थामा मृ’त फेला
FacebookTwitterPrintEmailMore
काठमाडौ
महामारीका समयमा निकै नराम्रा घटना पनि सार्वजनिक हुन थालेका छन् । महामारीले दिनहुँ ज्यान गइरहेको बेलामा प्युठानमा एकै परिवारका तीन सदस्य मृ त फेला परेका छन् । उनीहरुले देह त्याग गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रुखमा झु ‘ण्डि’एको अवस्थामा एकै परिवारका सदस्य मृत फेला परेका छन् ।
प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार मृत फेला परेका हुन् । उनीहरु घर नजिकै रहेको रातामाटाको जंगलमा भेटिएका हुन् ।
प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् । गायत्रीले छोराछोरी सहित आफुले पनि संसार छोड्ने निर्णय किन गरिन् भन्ने खुलेको छैन । प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल पठाएको जनाएको छ । पोष्टमार्टम रिपोर्ट पछि घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाई छ ।
त्यस्तै रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ देहत्याग गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ ।
मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए ।
उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झु -ण्डिएको अ’वस्थामा भेटेका थिए ।
विष्णुलाई यस्तो अवस्थामा देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ । घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको छ । मृतककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ । श्रेष्ठ विगत केही महिनादेखि (डि’प्रे’सन)मा थिए । उनी आफ्नो उपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।