
काठमाडौँ। प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिता सम्बन्धी विधेयक जारी गरेपछि चौतर्फी आलोचना शुरु भएको छ। आम सर्वसाधारणदेखि बौद्धिक तहबाट समेत विरोध र िवभिन्न टिप्पणी हुन थालेको छ। प्रतिनिधि सभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी बिधेयक पास गरेर प्रतिनिधि सभामा दर्ता गराए ।
यसरी बिधेयक दर्ता गराए पनि सरकारले प्रतिनिधि सभामा प्रस्तुत हुन नदिई रोकेर सत्ता जोगाउन देशलाई नै दाउमा राखेको भन्दै आलोचना बढेको हो। नेपालमा जन्मिएका ब्यक्तिले बंशजको आधारमा नागरिकता पाउने र उसका सन्तानले समेत बंशजको आधारमा नागरिकता पाउने भएपछि लाखौं भारतीयले आमाको नाममा नागरिकता पाउने भन्दै चिन्ता ब्यक्त भइरहेको छ।
SUGGESTED NEWS
Mgid
Mgid
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
Realistic Game For Men
RAID: Shadow Legends
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
मेची देखि महाकालीसम्म तराईका जिल्लाहरुका छोरीहरुको भारतमा बिहे हुने भएपछि जन्मको आधारमा नेपालको नागरिकता पाएका उनीहरुका सन्तानले पनि नेपालको नागरिकता पाउने भएपछि लाखौ भारतीय नेपाली नागरिकता पाउने बाटो खुलेको हो। नेपालले विदेशी भान्जाभान्जीलाई समेत बंसजको आधारमा नागरिकता दिने व्यवस्था नेपालको राष्ट्रियताको लागि घातक हुने आवाज चौतर्फी रुपमा उठेको छ।
अहिले सामाजिक सञ्जालमा भारतीय अभिनेता गोविन्दाले पनि नेपाली नागरिकता पाउने चर्चा चलेको छ। सो अध्यादेशका कारण ललितपुर मामाघर भएका उनले पनि दावी गरे नेपाली नागरिकता पाउन सक्ने टिप्पणी भइरहेको छ। गोविन्दाको ससुराली भने काठमाठौंको मुलपानी हो। उनका छोराछोरीले पनि आमाको जन्मको आधारमा पाएको नागरिकताको आधारमा बंशजको आधारमा नागरिकता पाउने देखिन्छ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी हुन्। भण्डारीले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी हुन् । यो विधेयकका कारण तराईमा जनसंख्या ह्वात्तै बढ्ने विश्वास गरिएको छ । लोकपाटीअनलाइनबाट