
काभ्रेको दोलालघा’टबाट ह’राएका दुई जनामध्ये एक जनाको श’व फेला परेको छ ।यहि माघ २ गते बाट सुनकोशी नदि दोभानमा बाहिरी बस्त्र छाडेर बेपत्ता भएका पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की
सिर्जना भण्डारी कोइरालामध्ये नमोबु’द्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइरालाको श’व भेटिएको हो ।उनको श’व आज सिन्धुलीको झाँ’गाझोलीमा फेला परेको हो ।स्थानीयबासीले एक महिलाको श’व देखेको खबर थाहा पाएपछि सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई
जानकारी गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।खतिवडाका अनुसार उनका श्रीमानले उक्त श’व आफ्नी पत्नीको भएको भनी स’नाखत गरेपछि अहिले श’वलाई पो,’स्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
यो पनि – निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गको दु’र्घटनाका घा’ईतेलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।दु’र्घटना लगत्तै एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाण्डौ लगि ग्रान्डि अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।
दु’र्घटनामा अर्का एक कामदार करिब १५ घण्टा देखि वे’पत्ता रहेका छन् ।आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँ’डिदा १ जना कामदार ह’राइरहेको र १ जनालाई घा’इते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बे’पत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घ’टना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।बिहान ५ बजेको समयमा सुरुङ भित्र पे’नस्टक पाइप बि’छ्या्उन जानेक्रममा
निर्माण सामाग्री सहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँ’डिएको प्रहरीले जनाएको छ । अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । ह’राइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य सुरुङ भित्र रहेका निर्माण सामाग्रीहरुका कारण स’मस्या भइरहेको प्रहरीले जनाएको छ ।
खोजी कार्यका लागि १४ जना प्रहरी र १२ जना नेपाली सेना परिचालित रहेको प्रहरी नायब उपरिक्षक डिएसपी कवित कटवालले जानकारी दिनुभयो । सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।