बुधबार ०४ जेठ २०७९

म तपाईंहरुका लागि धेरै बो’झ भए भन्दै यो संसारबाट विदा भइन यी किशोरी
चर्चित अमेरिकी टिकटक स्टार यो संसारबाट विदा भएकी छिन् । १८ वर्षीया अमेरिकी टि’कटक स्टार डजारिया क्वेन्ट नोइसले सोमबार संसार छोडेकी हुन् । उनी टिक’टकमा ‘डी’ नामबाट चर्चित थिइन् । मर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पो’स्ट बताएकी थिइन् ।

भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपा’ईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो ।’ अन्तराष्ट्रिय सञ्चरमाध्यमहरुका अनुसार डजारियाका अभिभावकहरूले उनको मृ’ त्युको पु’ष्टि गरेका छन् ।

छोरीको मृत्युले परिवार शो’कमा छ । गोफ’न्डमी नामको पेजमा डजारियाको पिता रहिम अलाले ८ फ्रेबुअरीमा छोरीले मलाई छोडेर गइन् भन्दै पोस्ट गरेका थिए ।

साथीजस्ती छोरीको अन्तिम संस्कार गर्न आफू’लाई अन्यन्त गाह्रो भएको उनी बताउँछन् । उनले भनेका छन्, ‘छोरीले आफ्नो तनाव र देहत्यागको विचारको बारेमा मसँग कुरा गरेको थए हुन्थ्यो । यसको समाधान निकाल्थ्यौं । जब म घर आउँछु तिमीलाई देख्दिन ।

स्मरण रहोस् डजारिया सामाजिक सञ्जालमा एकदमै च’र्चित थिइन् । टिकटकमा उनलाई लाखौंले फलो गर्दै आएका थिए । उनी इन्स्टाग्राम र युट्युबम पनि सक्रिय थिइन् । उनले यो सबै किन गरिन् भन्ने कुराको खुलासा अहिलेसम्म भएको छैन ।

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ।

मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ। थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ। त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ।


Last Updated on: January 28th, 2022 at 1:49 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया