बुधबार ०४ जेठ २०७९

नदीजन्य सामग्रीको निकासीको विषयलाई लिएर अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष गजाधर खतिवडामाथि कु ट पि ट भएको छ । माघ ११ गते वडाध्यक्ष खतिवडामाथि कु ट पि ट भएको हो ।

वडाध्यक्ष खतिवडाले कु ट पि ट मा संलग्न सोही वडाका कांग्रेस सभापति उपेन्द्र बस्नेत र होमनाथ अधिकारीवि रुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् । खोलामा उत्खनन् को विषयमा वि वा द हुँदा आफूमाथि नै ह मला भएको उनको भनाई छ ।

नेते खोलाको लट्टेखर्क छेउमा वातावरणीय अध्ययन प्रतिवेदन अनुसार नै काम भएको वडाध्यक्ष खतिवडाको दाबी छ । वडाध्यक्ष खतिवडाले भने, ‘डेढ सय मिटरको ब्लक थियो । गाउँलेकै सहमतिमा खन्ने सल्लाह भयो । त्यसैले ठेक्कावालाले खने । त्यसमा मेरो केही दोष छैन ।’ त्यहि विषयलाई लिएर आफूमाथि कु ट पि ट भएको वडाध्यक्ष खतिवडाको भनाई छ ।

उत्खनन् कै क्रममा कांग्रेसका वडा सभापति बस्नेतसँग आएका अधिकारीले वडाध्यक्षको पेटमा ला त्तीले हा नेका थिए । सभापतिकै अगाडि ला त्ती हा न्दा समेत कुनै रोकछेक नगरेको भन्दै कु ट पि ट को घटनामा सभापतिकै योजना देखिएको उनको दावी छ । घटनाबारे उनले मेयर, उपमेयर र नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनलाई जानकारी गराइसकेको बताए ।

यता, नेपाली कांग्रेस अर्जुनधारा १ का सभापति बस्नेतले कु ट पि ट को घटनामा आफ्नो नाम जोडिएकोमा आ पत्ति जनाएका छन् । आफूले केही नगरेको बस्नेतको दावी छ ।

उनले वडाध्यक्षमाथि कु ट पि ट गर्नेलाई कारवाही गर्नुपर्ने बताए । कु ट पि ट मा संलग्न अधिकारी बस्नेतको घरमा काम गरेर बस्ने व्यक्ति रहेको खुलेको छ । यसैबीच, कु ट पि ट काे घटनालाई लिएर स्थानीय राजनीतिक दलहरुले दो षी उपर कडा कारवाहीको माग गरेका छन् ।

स्थानीय चार राजनीतिक दलले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गरिएको छ । नेकपा एमाले अर्जुनधारा १ का अध्यक्ष खड्गबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका विजेन्द्रकुमार एक्तेन, नेकपा एसका नविन खनाल र राप्रपा नेपालका सचिव रंगलाल मिश्रले विज्ञप्ति जारी गर्दै दोषीउपर कानुनी कारबाहीका लागि आग्रह गरेका छन् ।


Last Updated on: January 28th, 2022 at 2:50 pm
५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया