सोमबार १८ मंसिर २०८०

काठमाडौ । बाराका निजगढ १२ कोलगाउँका हिरालाल वाइवाले एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए । तर उनको दोस्रो विवाह गर्नुको कारण भने अनौठो छ । उनले जेठी श्रीमतीलाई युवतीको फोटो पठाए जेठी श्रीमतीले सविता थिँगलाई मन पराइन् । अनि श्रीमानलाई यसैसंग दोस्रो विवाह गर भनेर अनुमति दिइन् । जेठी श्रीमती विदेशमा थिइन् । उनी लामो समय नेपाल आउन नपाएपछि श्रीमान एक्लै भए भन्ने ठानेर दोस्रो विवाह गर्न लगाइन् ।

उनले सवितालाई दोस्रो श्रीमतीका रुपमा भित्र्याए । अहिले विवाह भएको ५ वर्ष भयो । उनको काखमा तीन वर्षको छोरी छ । तर श्रीमान भने अहिले जेठी श्रीमतीकै माया लाग्छ भन्छन् । तर जेठी श्रीमती भने श्रीमान्संग टाढिन चाहेको जस्तो ब्यवहार देखाउँछिन् । श्रीमती नेपाल आएपनि श्रीमानसंग आइनन् । माइतमा गएर बसीन् । श्रीमान लिन जाँदा पनि आइनन् । म तँलाई चाहिने हो भने यहिँ बस् भन्छिन् ।

जेठी श्रीमतीलाई यति धेरै माया लाग्छ की उनले हातमा पनि श्रीमतीको नाम खोपाएका छन् । यता कान्छी श्रीमतीको पनि हालत उस्तै छ । जेठी श्रीमतीलाई सम्बन्ध विच्छेद गर भन्न पनि सक्दिनन् । किनकी सौताले पनि आमाले जस्तै माया गर्छिन त्यसैले म त्यस्तो भन्न नै सक्दिन कान्छी भन्छिन् । आफ्नो लाग्ने अरु महिलासंग बोलेको त देख्न सकिन्न भने उनले त जेठी हुँदा हुँदै मलाई विवाह गरे ।

जेठीले कसरी सहेकी होलीन् त्यही भएर मैले श्रीमानलाई जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद गर भन्न सक्दिन । यता श्रीमान भने जेठीसंग बस्न चाहन्छन् । श्रीमतीले भनेकै कारण दोस्रो विवाह गरेका हुँ । उसैले मलाई यस्तो बनाएको हो, जेलमा हाले पनि हालोस् तर म उसलाई नै छोड्दिन । मेरो जिन्दगी उसैसंग विताउने हो ।


Last Updated on: May 25th, 2021 at 6:42 pm
२२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया