बुधबार ०४ जेठ २०७९

इलामको माइ नगरपालिका वडा नम्बर ७ निवासी प्रबिना मगर नाम गरेकी एक महिला आफ्नो दुबै किड्नी फेल भएको र श्रीमानले पनि कान्छी श्रीमती लिएर हिडेको भन्दै रुदै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन ।

दुबै किड्नी फेल न श्रीमानको साथ छ उनलाइ न त उपचार गर्न पैसा नै तर उनलाइ बाच्ने रहर छ तर कसले गरिदिने र उनलाइ सहयोग ? अन्जु मगर नाम गरेकी उनकी छोरिले नै मिडियालाई सम्पर्क गरेर बोलाएकी रहिछिन ।

चार सन्तान भैसकेपछी श्रीमानले आफुमाथी सौता हालेर आफ्नो बिचल्ली बनाएको बताउछिन उनी । श्रीमान कहिल्यैपनि घर नआउने गरेको आएपनी पाहुना झै आउने गरेको उनी बताउछिन । आफ्नो माइतीमा समेत दुइजना मृगौला पिडित रहेकोले उनिहरुको पनि डायलासिस भैरहेको हुदा आफुले माइतीबाट केही सहयोगको आशा नगरेको उनी बताउछिन । अहिलेसम्म आफुलाइ छरछिमेकले नै सहयोग गरेर बोल्न सक्ने अबस्थामा रहेको उनले बताइन । कठै बरा छोराछोरी सम्झिएर भक्कानिएर रुइन उनी ।

डायलासिसमै आफुले भएको घरजग्गा, सुनचाँदी सबै सकेको बताउछिन उनी । छ भन्ने कुरा केही नरहेको उनी बताउछिन । डायलासिसमै आफ्नो सात लाख सकिएको बताउछिन उनी तर यता श्रीमानलाई भने श्रीमती मरोस बाचोस कुनै चासो छैन । श्रीमान बिरामी छदा आफुले के के चाहिँ गरिनन तर आज उनी आफुलाइ पर्दा भने त्यही श्रीमान उनको साथमा समेत छैन ।

तपाईको प्रतिक्रिया


Last Updated on: January 28th, 2022 at 5:06 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया