बुधबार ०४ जेठ २०७९

माघ १४-उदयपुमा घाँस काट्न गएकी एक महिलाको शव जंगलमा फेला परेको छ । जिल्लाको ताप्ली गाउँपालिका–३ दगलेकी ५० वर्षीया लक्ष्मीमाया तामाङको शव खोलामा फेला परेको हो ।तामाङको मृत्यु भीरबाट लडेर भएको प्रहरीले जनाएको छ । उनी बिहानै घाँस काट्न घरछेउकै जंगलमा गएकी थिइन् । स्थानीयका अनुसार बाख्रालाई घाँस काट्न गएकी तामाङ बगले भीरबाट लडेको हो ।तामाङ भीरबाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।डिएसपी गौतमका अनुसार लडेर खोलामा पुगेको शवलाई स्थानीय र आफन्तले घरमा ल्याएर राखेको बेला प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली समेत सदरमुकाम गाईघाटबा घटनास्थल पुगेको बताइएको छ ।मृतकको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको डिएसपी गौतमको भनाई छ ।

यो पनि पढ्नुहोस कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन् ।नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।‘उहाँलाई अलिअलि ज्वरो रहेछ, के कारणले मृत्यु भयो भन्ने खुलेको छैन’ पोखरेल भन्छन्, ‘आफन्त आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ, त्यतैबाट मृत्युको कारण खुल्ला ।’विस्तृत अनुसन्धान भइरहेको पाखरेलले बताए ।


Last Updated on: January 28th, 2022 at 5:17 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया