बुधबार ०४ जेठ २०७९

श्रीमान् श्रीमतिबिच सामान्य भनाभन स्वभाविक नै मानिन्छ । केही समयपछि यो आफैं साम्य हुन्छ । कतिपय यस्ता वि, वा दलाई परालको आ गो समेत भन्ने गरिन्छ, जुन तुरुन्तै निभ्ने गर्छन् । तर पत्निले भनेका कुरा इखका रुपमा लिए के होला? त्यस्तै अनौठो घ,टना मोरङमा भएको छ ।

एक ५८ बर्षिय पुरुषले आफ्नो श्रीमतिले क च-क च गरेको भन्दै ४८ बर्षिया श्रीमतिलाई यो सन्सारबाटै बिदा गरिदिएका छन् । बेलबारी नगरपालिका–७ बाहुनीमा आफ्नै श्रीमतीको ज्यान लिएको अभियोगमा अहिले ती पुरुष प, क्रा उ परेका छन् । उनले काठको मु ङ्ग्रो प्रयोग गरेको घ,टनास्थलवाट देखिएको छ । ५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको ज्या,न लि एको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

उनका अनुसार बिहान ५ बजेतिर घरभित्र ओछ्यानमा महिला मृ त भेटिएकी थिइन् । सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घरमा पुग्दा श्रीमतीसँग एउटै ओछ्यानका अम्बिका भने थिएनन् ।

प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर घ,टना भएको हुनसक्ने बताइएको छ । एउटै ओछ्यानमा सु ते की श्रीमतीको ज्या,न लिएर उनी सम्पर्क विहिन भएका थिए ।अम्बिकालाई प्रहरीले गाउँबाटै प, क्रा उ गरेको थियो भने श,व पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

खोटाङ घर भएको घिमिरे परिवार छ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । उनका अनुसार भारतको आसाम पुगेर फर्किएको भन्दै परिवारबाट सम्पर्कविहीन बनेको निक्कै लामो समयपछि अम्बिका आएका थिए । लामो समयपछि अम्बिका दुई वर्षअघि मात्रै परिवारको सम्पर्कमा आएरसँगै बस्न थालेको उनको भनाइ छ ।


Last Updated on: January 29th, 2022 at 10:45 am
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया