
झापा – बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एउटा टेलिफोनको अडियोले अहिले नयाँ बहस प्रारम्भ गरेको छ। अस्पताल प्रसाईका सञ्चालकले नै कोरोना देशभरि फैलिनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि स्वास्थ्य क्षेत्रमा रहेको माफियातन्त्रको उजागर भएको हो ।
डा. जीवन क्षेत्रले आफ्नो साउण्डक्लाउडमा राखेको अडियोबाट प्रष्ट हुन्छ कि, प्रसाई स्वास्थ्य क्षेत्रका नयाँ माफियाको रुपमा आफूलाई प्रस्तुत गर्न खोजी रहेका छन्। यस विषयमा डा. क्षेत्रीले लेख प्रकाशित गरेका छन्। र, प्रसाईको अडियो पनि लिंक गरेका छन्। स्वदेश नेपालले प्रसाईको अडियो डा. क्षेत्रीकै साउण्डक्लाउडबाट साभार गरेको हो।
प्रसाई भन्छन्, ‘कोरोना लाग्नुपर्छ, तपाईंलाई। बि एण्ड सीलाई एउटा कुरा फाइदा भयो त। बि एण्ड सीमा १२ जनालाई कोरोना भयो नि स्टाफहरूलाई। एक जनाको प्लाज्मा निकाल्दा चार जनालाई हुन्छ। बि एण्ड सी यस्तो स्ट्रङ अस्पताल भयो कि कोरोना बिरामीलाई भोलि उपचार गर्न प-यो भने बि एण्ड सीले सक्छ। किनभने स्टाफलाई एकपल्ट लागेपछि त अर्कोपल्ट लाग्दैन। यो (कोरोना) जतिसक्दो बढी फैलिनुपर्छ क्या, जतिसक्दो बढी। छिटो–छिटो फैलिनुपर्छ क्या। अनि यसको काम कार्यक्रमै सकिन्छ। यो कुरा लेख्दिनोस् मेरै ऊ दिएर, जति सक्दो चाँडो नेपालभरि फैलिनुपर्छ कोरोना।’
यसअघि, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई दुर्गा प्रसाईंले टेलिफोनमा धम्की दिएका थिए। झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले सुवेदीलाई अपशब्द प्रयोग गर्दै भौतिक आ,क्रमण गर्ने ध,म्की दिएका हुन्।
सुवेदीले एउटा विश्व विद्यालयले पाँच मेडिकल कलेजभन्दा बढीलाई सम्बन्ध दिने व्यवस्था कानुनविपरीत भएको र काठमाडौं विश्वविद्यालयले चो,र बाटोबाट बी एण्ड सीलाई सम्बन्धन दिएको बताएका थिए।तर, प्रसाईंले त्यसप्रति कडा आपत्ति जनाउँदै फोनमा भनेका छन्, ‘तँ ऐन बनाउने को होस्? नेपालको ऐन संविधान होस्? तँ अरूलाई हेपे जस्तो घुमाउन नखोज्।
SUGGESTED NEWSMgid
Mgid
These 2 Vegetables Will Kill Your Belly Fat Overnight!
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
उनले आजको आवश्यकता के हो? मानिस कति मरिसके भन्दै सुवेदीतिर प्रश्न तेर्स्याएका छन्। उनले मेडिकल कलेज चाहिन्छ कि चाहिँदैन भन्दै प्रश्न गर्दा सुवेदीले सुरुमा अस्पताल आवश्यक रहेको र त्यसपछि मात्रै मेडिकल कलेज चाहिने बताएको अडियोमा सुन्न सकिन्छ। सुवेदीले बी एण्ड सीमा दुई लाख जम्मा नगरी मानिसको उपचार नहुने भन्दै आक्रोश पोखेका छन्।
भिडियोः