
काठमाडौं । लोक दोहाेरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियार केहि समययता सामाजिक संजालमा कम सक्रिय थिइन् । सन्तानकी आमा बन्दै गरेकी उनी केही समय बाहिर देखिएकी थिइनन् । बिवाह गरेको दश वर्षपछि उनी आमा बनेकी हुन् । र यतिबेला उनको दैनिकी छोरीको स्याहार सुसार बनेको छ । मातृत्वको भरपुर उपयोग गरिरहेको उनी बताउँछिन् ।
दश वर्ष अघि बैवाहिक जीवनमा बाँधिएकी शान्तिश्री विभिन्न स्टेज कार्यक्रम तथा गीत रेकर्डिङ र सुटिङको व्यवस्ताको कारणले सन्तान जन्माउने विषयमा ठोस योजना बनाउन नसकेको बताउँछिन् । अब भने उनमा खुशीकाे सीमा छैन । पछिल्लो समय कोरोनाको प्रभावले लामो समय सम्म लकडाउन हुने र स्टेज कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरु कम हुने भएपछि आफूहरुको लागि यो समय सन्तान जन्माउनका लागि उत्तम लागेर योजना बनाएको लुम्बिनी संचारसँग अनुभव सुनाइन् ।
नेपाली लोकदोहरी क्षेत्रमा चर्चामा रहने नामहरुमध्य शान्तिश्री अग्रपंक्तिमा आउछ । उनको शालीन् व्यक्तित्व र सरल स्वभावले सबैको मन जितेको छ । रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी गायिका शान्तिश्री गीतहरुको लोकप्रियताकै कारण विश्वका कयौं देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।
योजना अनुसार नै गत माघ दश गते छोरीको जन्म भयो । आमा बन्न पाउँदा अत्यन्त खुशी भएको र आफ्नौ वैवाहिक जीवनले पूर्णता पाएको उनले बताइन् । शान्तिश्रीका श्रीमान नारायण भुजेल सामाजिक कार्यकर्ताकाे रुपमा क्रियाशील छन् ।
साेमबार उनले छाेरीकाे अन्नप्राशन गरेकी छिन् । छोरीको नाम श्रीविन्दू राखेकाे उनले बताइन् । निषेधाज्ञाका कारण उपस्थित हुन नसकेका परिवारजनसँग उनले भर्चुल सम्वाद गरेकाे फाेटाे पनि सार्वजनिक गरेकी छिन् । गलबन्दी , बोल माया चौका दाउँ, लाउन्न दाजै पिरती, म झरेको पात लागायतका दर्जनौ गीतहरुले नेपाली दर्शक श्रोताहरुको मन जीत्न सफल भएकी छिन् शान्तिश्री ।
SUGGESTED NEWS
Mgid
Mgid
1 Cup Of This Daily Burns 12 Lbs Of Fat In A Week! Try Tonight
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
छोरीकाे शुभ अन्न प्राशनका अवसरमामा शान्तिश्रीकाे छोरी र आफन्तजनहरू प्रतिकाे माया यसरी पोखिनः
हाम्री छोरीको सुभ अन्न प्राशन आज सम्पन्न गर्यौ। अभिभाक , घर परिवार,आफ्ना आफन्त, साथीभाइ इस्टमित्रहरु सबैलाइ बोलाएरनिक्कै रमाइलो गर्ने चाहना नभएको कहाँ होर, तर हामिलेचाहेर मात्रै पनि त कहाँ हुदो रैछ र ?यो त सब समयको हातमा रहेछ तेसैले हामि पनि समयलाइ नै मद्धेनजर गर्दै यो एउटा प्रक्रिया मात्र पुरा गरेका छौ … बाचियो भने रमाइलो गर्ने दिन त कस्सो न आउला र है? सबै सबै लाइ धेरै धेरै सम्झना छ❤️❤️❤️❤️❤️❤️❤️❤️ हजुर हरु पनि सुरक्षित रहनु होला है❤️❤️❤️
happy rice feeding dear chhori lot’s of love my babu❤️❤️
लोकप्रिय गायिका शान्तीश्री परियार पछिल्लो समयकी निकै चर्चित गायिका हुन । उनले सयौं आफ्ना गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भइरहेकी छन ।कोरोना भाइरसले नेपाली सांगीतिक क्षेत्र पनि ठप्प छ । तर कालालकारहरुले भने आफ्ना केहि सिर्जनाहरु यहि अबस्थामा पनि सार्वजनिक गर्न सफल भइरहेका छन ।त्यति मात्र होइन उनका जीवन साथी नारायण भुजेल पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाइ सबैलाई चकित पारेका छन ।
shantishree pariyar काे फेसबुकबाट ।