
बलिउडका किंग शाहरुख खानकी छोरी सुहाना खान यतिबेला पढाइको सिलसिलामा अमेरिका छिन् ।
हिजो उनले जन्मदिन मनाएकी छन् । उनी २० वर्ष पार गरेर २१ वर्षमा प्रवेश गरेकी छिन् । उनले अमेरिकामा नै आफ्नो जन्मदिन भव्यताका साथ मनाएकी छिन् ।
recommended by
Mgid
Mgid
GOODMENONTHEGO
Men, do this daily to fix ED
Israel #1 sexual health remedy 2019
LEARN MORE
बलिउड फिल्मदेखि टाढा नै रहेकी उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन । उनका हरेक गतिविधि सार्वजनिक हुने गरेका ।
यसैक्रमा सुहाना थिएटरमा निकै सक्रिय छिन् । उनै सुहानाले आफूले डेटिङ गर्न चाहेका व्यक्तिको बारेमा बताएकी छिन् । इन्स्टाग्राम अकाउन्टमा उनलाई यदि कसैलाई डेट गर्न चाहेमा को सँग डेटमा जानुहुन्छ भन्ने प्रश्नमा सुहानाले ती व्यक्तिबारे बताएकी हु्न् ।
सुहानाले इन्स्टाग्रामा च्याटमा साउथ कोरियन पप गायक, मोडल तथा अभिनेता किम जुन म्योन अर्थात सूहोलाई डेट गर्न चाहेको बताएकी छिन् । भारतिय मिडियाका अनुसार उनले किमको एउटा तस्बिर पोष्ट गर्दै उनीसँग डेटमा जान चाहेको बताएकी हुन् ।
शाखरुखले सुहानाको पढाइ सकिएपछि मात्र मूलधारका फिल्म खेल्ने बताएका छन्। मूलधारका फिल्ममा सुहाना आउन अझै केही समय लागे पनि उनी सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म छाइरहेकी हुन्छिन्।
बलिउड अभिनेत्री झै उनको पनि चर्चा हुनेगर्छ । उनका निकै बोल्ड तस्बिरले समय समयमा चर्चा पाइरहेका हुन्छन् ।