बुधबार २४ जेठ २०८०

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा तराईमा दिपावली गरिएको छ । रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको हो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिक अध्यादेश पहिलो संशोधन २०७८ प्रमाणीकरण भएको हो ।

यससँगै लाखौं नागरिकता विहीन नेपालीको कल्याण हुने भन्दै पहल गरेकोमा प्रभु साह र सरकारलाई धन्यवाद दिदै स्थानीयले दीपावली गरेका छन् । नेता साहको निर्वाचन क्षेत्र रौतहट९३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको गाउँ गाउँमा दीपावली गरिएको हो ।

SUGGESTED NEWS
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा दीपावली गरिएको हो । नेता प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि पार्टी भित्र र बाहिर संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने खबर राजधानी दैनिकमा छ ।


Last Updated on: May 26th, 2021 at 11:35 am
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया