
गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित शिखरडाँडामा निर्माणाधिन आपतकालिन पानी पोखरीमा डुवेर १३ वटा बाँदरको मृत्यु भएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberrie
आपतकालिन अबस्थाका लागि भन्दै वडा भित्र निर्माण भईरहेको पोखरीमा डुवेर मंगलबार बाँदरको मुत्यु भएको वडाध्यक्ष कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।
गोरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘एक वडा, एक आपतकालिन पानी पोखरी’ निर्माणको अबधारणा अन्र्तगत शिखरडाँडामा पानी पोखरी निर्माणको काम भईरहेको छ ।
निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिन अघि परेको बर्षाका कारण करिब १ मिटर पानी जमेको रहेछ, त्यहि जमेको पोखरीमा पानी खान जाँदा बाँदर डुवेर मरेका रहेछन् ।’ उहाँले भन्नुभयो ।
‘शुरुमा एउटा बाँदर पोखरीमा डुबेको थियो, हेर्दाहदै हुलै आएर पानीमा पसेछ, स्थानीयको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, पानीमा पसेपछि निस्कन नसक्दा डुवेर मरेको हो ।’ पक्की पोखरी गहिरो भएका कारण डुबेरका बाँदरलाई बचाउन जाँदा अरु बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ ।
निर्माणाधिन पोखरीको भित्री भाग चिप्लो भएका कारण पनि पोखरीमा पसेको बादँर बाहिर आउन नसकेर ज्यान गएको अनुमान गरिएको छ ।
करिब ३ लाख रुपैयाको लागतमा निर्माणधिन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेको बेला बादर पोखरीमा डुबेर मरेको हो । ‘
पोखरीमा त्यति धेरै पानी त जम्मा भएको थिएन तर बादरलाई मात्र डुबाउने पानी रहेछ ।’
वडाध्यक्ष कुवरले भन्नुभयो । डुबेर मरेका सवै बादँरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । पोखरीमा डुवेर यति ठूलो संख्यामा बाँदर मरेको गोरखामा यो पहिलो घटना हो ।
यो खबर नागरिक सवाल डट कममा खेही पहिले छापिएको थियो ।