आइतबार ०७ आश्विन २०८०

एजेन्सी । कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँको भर्खरै यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।

SUGGESTED NEWS
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शंकास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।

उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो । अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुशन्धान गरिरहेको छ


Last Updated on: May 26th, 2021 at 11:53 am
८०० पटक हेरिएको

तपाईको प्रतिक्रिया