
भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा एका एक आगो सल्कियो, समुन्द्रमै आयो यस्तो समस्या (भिडियो हेर्नुहोस्
PoonamMay 26, 2021 भिडियो, समाचार0
SUGGESTED NEWS
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
समुन्द्रको बिचमा एक पानीजहाज दनदनी बलेको छ । उक्त पानीजहाज भारतबाट सिंगापुर जान लागेको थियो । त्यसैक्रममा पानी जहाजमा भीषण आगलागी भएको लंका वेभले समाचार लेखेको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बि स्फो ट पनि भएको थियो । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको थियो ।
भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन रसायन सहित अन्य सामान पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो
जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् । आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट के मि क ल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए ।
पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ । श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्ड र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउदै छ ।