
काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रचण्डले मतपत्र च्यातेर छोरी जिताएको जितवनका जनताले नबिर्सेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा भएको अगुवा कार्यकर्ता भेलामा प्रचण्डको राजनीतिक पृष्ठभूमिबारे बोलेका हुन् । नेकपाका केन्द्रीय सदस्य ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउँदै उनले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताए।
उनले भने, ‘प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफूहरु पछाडि पर्ने डरले अतालिएका माधव–प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताए ।
देश समृद्धि र विकासको क्रममा अगाडि बढेको बताउँदै उनले माडीमा नेपाल सरकारद्वारा थुप्रै विकासका कामहरु भइरहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ति र देश विकासको अभियानलाई माडीबासीले साथ दिने समेत विश्वास व्यक्त गरे।
नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए । उनले आयोगले भूमिहिन र सुकुमबासीको समस्या समाधानका लागि तीव्रताका साथ काम अगाडि बढाएको बताए।
काठमाडौं। नेकपा प्रचण्ड माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहको आन्दोलन कुर्सिका लागि भएको बताएका छन्। बुधवार आयोजित विशाल जनसभामा खनालले प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउनका लागि कुर्सीका लागि लडिरहेको बताए । उनले बोलेको यो भिडियो भाइरल भइरहेको छ।
प्रचण्ड माधव समूहले प्रतिगमनविरुद्ध सडकमा आएको भने पनि झलनाथले वास्वतिक कुरा बताएर सबैलाई आशचर्यमा पारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन भन्दै यो समूह सडकमा छ।
एक जना कार्यकर्ताले प्रचण्ड नेपाल समूहको भेलालाई करायो करायो दक्षिणा हराएको संज्ञा दिएका छन्। उनले लेखेका छन्, मार्झन्डे गुटको कुर्सीगमन भेला कस्तो रह्यो?
मैले हेरें त्यसका नेता नेतिनिहरु घाँटी सुक्नेगरी चिच्याउँदैथिए,केपि ओलिलाई न्वारनदेखिको बल लगाएर सराप्दै थिए तर,न त जनताको ताली थियो न त समर्थन । अर्थात नतिजा के भयो? करायो करायो दक्षिणा हरायो । बडो हतास देख्ने अनुहार तनावमा देखिन्थे।अनि आफ्नो कुरा सहि साबित गर्न पाधै निस्कनेगरी चिच्याउँदै थिए।
बिचारा यत्रो मिहनेत र खर्च गरेर आयोजना गरेको गुटभेला फागुन एक गतेको बुटवल भेलामा राष्ट्रनायक के पि ओलिले हाँसीहाँसी हावामा उडाइदिनेछ। यिनिहरुको हावा भरेको बेलुन फेरि बिलाएर जानेछ।