
त्रिसुलिमा महेन्द्रा बलेरो खस्यो ३ जना युवक झ्यालबाट निस्केर पौडेर बाँचे, गाडी बेपत्ता (तस्विर सहित)
May 26, 2021 33
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धादिङ – त्रिसुलीमा केहीबेर अघि भयानक दुर्घटना भएको छ । मझीमटार बाट चितवन तर्फ जाँदै गरेको महेन्द्रा बलेरो दुर्घटनामा पर्दा गाडीसहित तिन जना युवक त्रुसुलिमा खसेका छन् । मझीमटार बाट मुग्लिङ्ग पुग्नु भन्दा अघि नै इच्छा कामना गाउँपालिका फस्लिङ नजिक चिसो पानी धारा नजिक यो दुर्घटना भएको हो ।
पानि परिरहेको बेला तिर्व गतिमा गुडेको गाडीले मोटरसाइकललाइ जोगाउन लाग्दा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको स्थानीय सन्तोस पौडेलले ताजा खबरलाइ बताएका छन् । सन्तोषका अनुसार गाडी बिजुलीको पोलमा ठोक्किएर १०० मिटर तल बजारिएर त्रिसुलिमा खसेपछि ३ जना युवकहरु झ्याल बाट बाहिर निस्केर पौडी खेलेर बाहिर निस्केको बताएका छन् । उनका अनुसार बेनी घाट रोराङका निरज रिजाल अमृत मल्ल र गोरे भन्ने युवकहरु हुन् । सन्तोषले भने, भाइहरु आज ठुलो दुर्घटनाबाट बच्नु भएको छ सुन्दा पनि आङ नै सिरिङ्ग बनाएको उनले बताएका छन् । उनीहरु बाहिर निस्के तर गाडी भने बेपत्ता भएको छ । दुर्घटनामा परेका युवकहरु घाइते भएका छन् ।
सन्तोषले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, नयाँ जीवन पाउने हाम्रा भाइहरु, इश्वर सदैब दाहिने भए पछि कसै केही लाग्दैन भने जस्तै फिस्लिङ नजिक महेन्द्रा बोलेर दुर्घटनामा अन्दाजि १००मिटर तल बजारिदै त्रिसुलि नदिमा गाडी सहित डुबेर पनि सकुसल पौडि खेलेर बाच्न सफल भएका तीन भाइ हरु को स्वास्थ स्थिती समान्य घाउ चोट भए पनि सिग्र स्वास्थ लाभ को कामना गर्द्छु। अकल्पनीय घटना र गाडी ठोकिएर बिजुलि पोल भाचिएर तार बाट करेन्ट प्रवाह हुँदै नदि मा गाडी बेपत्ताको स्थित हेर्दा पुनर्जीवन पाएको मा भाइ हरु लाई बधाई साथै धेरै माया।
दुर्घटनाका केहि तस्विर तल : फोटो दान बहादुर गुरुङको फेसबुक वाल बाट