आइतबार २१ जेठ २०८०

काठमाडौ । कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरिएको छ ।

घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।

साथै उनले अहिलको कोरोना संकटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन्

साथै घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ । महासंघले विपतको बेला गलत व्यवहार गर्ने घरबेटीलाई कारवाही गर्न सरकारसँग माग पनि गरेको छ ।

विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, जवरजस्ती बहाल बुझाउन बाध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने, पेश्की रकम माग गर्ने, जबरजस्त बन्द गर्न बाध्य पार्ने जस्ता विवेकहीन र मानवीय संवेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।


Last Updated on: May 27th, 2021 at 11:36 am
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया