आइतबार १४ जेठ २०८०

काठमाण्डौ

बिरामी भर्ना लिन नसक्ने भन्दै निजी अस्पतालका विज्ञप्ति धमाधम आइरहेका छन् । सरकारी अस्पतालका प्रमुखहरू भन्दैछन्, ‘हाम्रो हेल्थ सिस्टम नै कोल्याप्स भइसक्यो’ ।

डव्ल्यूएचओले अघिल्लै वर्ष भनेको थियो, ‘सन् २०२० भन्दा २०२१ झन् कठिन हुनसक्छ’। संसदमा, हिमालमा ठोक्किएको चिसो हावाको बयान गर्दैमा डव्ल्यूएचओको कुरा सुन्ने फुर्सद भएन ।

महामारीको एक वर्ष, नारा जुलुस र शक्ति प्रदर्शनमा प्रतिस्पर्धा गर्नेहरू अहिले कुर्सीका लागि लड्दैछन् । यो हाम्रो लागि दुर्भाग्य हो । जसलाई भोट दिएर पठायौं, दिनरात नभनि पसिना बगाएको पैसाले तलब खुवाएका छौं, ।

उनीहरुमा थोरै पनि मानवीयता देखिएन । आफ्ना नागरिक बचाउन दिनरात खट्नुपर्नेहरू कहाँ, कुन् सरकार बन्ला र आफूले पद पाउँछु कि पाउदिनँ भन्ने ध्याउन्नमा छन् ।

Related


Last Updated on: May 27th, 2021 at 6:54 pm
६१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया