शुक्रबार १९ जेठ २०८०

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् । कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ ।

त्यसपछि ती दानालाई भगवानमा समर्पित गर्नुस् । मैले चढाएको दाना स्वीकारेर मेरा क’ष्टहरू दूर गर्नुस् भन्दै प्रार्थना गर्नुस् । तपाईं जागिर खोज्दै हुनुहुन्छ वा तपाईंलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउनुस् । केही दिनमै समस्या समाधान हुन्छ। पैसा कमाउन नसकेर त’नावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बस्नुस् ।

शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिनुस् । पूर्णिमापछिको सोमवार यसो गर्नुस्। पाँच सोमवार यसो गर्नुभयो भने तपाईं पैसा कमाउन थाल्नुहुनेछ । पितृदोषका कारण हामीले अनेकथरी समस्या भोग्नुपर्ने हुन्छ। पितृदोष दूर गर्नका लागि चामलको खीर बनाएर कागलाई खुवाउनुस्।

यसो गर्दा पितृहरूको आशिष लाग्छ र बन्द भएका सबै काम सुचारु हुन थाल्छन्। के तपाईं शनिबार जन्मिनुभएको हो ? हो भने यो अवश्य पढ्नुहोस् । थुप्रै मानिसको विश्वास छ कि, जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ। यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन्।

‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’
एजेन्सी / ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७ आज यहाँ मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।

आज यहाँ आयोजित योगाभ्यासमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले निःशुल्क उपचार गर्ने पद्धति योगलाई जीवनमा उतार्नुपर्ने बताए । उनले भने,“ योग गर्दा मेरो शरीर फूर्तिलो भएको छ, कुनै पनि रोग लागेको छैन ।” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिनेमा जोड दिए ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै लाभदायी हुने बताए । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी दिए । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताए । योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भए पनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने अनुभव सुनाए ।


Last Updated on: May 28th, 2021 at 12:42 am
१०८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया