सोमबार ३० साउन २०७९

पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल बनेकी लेखाली मैच्याङ भनेर चिनिएकी कुन्साङ तामाङ मिडियामा आएकी छिन । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको भेषभुषामा सजिएर आफ्नै स्वरमा टिकटक बनाउदै आएकी मैच्याङको टिकटक भिडियो अहिले निकै भाइरल हुने गरेका छन । उनको स्वरमा अरु थुप्रैले भिडियो पनि बनाउने गरेको पाइएको छ । यसरी रातारात भाइरल बनेकी मैच्याङ धेरैले माया दिएकोमा खुशी भएको बताउँछिन ।

उनका टिकटक भिडियोमा हिमाली क्षेत्रको भेषभुषा, त्यहा भएका समस्या, र माया प्रेमका कुराहरु निकै मीठो शैलिमा प्रस्तुत भएको देख्न सकिन्छ । आफ्नै स्वरमा स्थानिय घटनालाई देखाउन प्रयास गरेका उनको भिडियोहरुलाई आर्गनिक भएको बताउनेहरु पनि थुप्रै छन । यसैले पनि उनका हरेक भिडियोहरु एक पछि अर्को भाइरल हुँदै गएका छन । फरक शैलिको उनको बोली नै सबैको आकर्षण को बिन्दु रहेको छन । उनको त्यही बोली नै धेरैले टिकटक भिडियोमा प्रयोग गरेका छन ।

हिमाली भेगको जस्तै बोलिको लवच भएकी मैच्याङको घर भने काभ्रेको धुलिखेल १ भएको बताईन । नगरकोट भन्दा तल आफ्नो घर पर्ने उनले बताईन । टिकटकमा धेरैले उनको घर मनाङ मुस्ताङ तिर हो कि भन्ने गरेका छन । आफ्नो बाबू बाजेहरु लेख तिरबाट आएको हुनाले आफ्नो परिवारलाई आफू बसेको ठाउँमा पनि लेखाली भन्ने गरेको र त्यहिँबाट आफुलाई पनि सबैले लेखाली मैच्याङ भनेर चिन्ने गरेको उनले बताएकी छिन । आफू कक्षा १२ मा पढिरहेको बताईन ।

लकडाउनको बेला आफ्नो दिदिले टिकटक खोलि दिएको मैच्याङ बताउँछिन । आफ्नो घर तिर राम्रोसगँ नेटवर्क नआउने भएकोले राम्रोसगँ चलाउन नपाउने उनले बताईन । आफू सुरुमा टिकटक चलाउन नजानेको र टिकटक पनि दिदिले खोलिदिएको उनले बताईन । लकडाउनमा बाहिर निस्कन नपाउने भएकोले त्यही हेरेर दिन बिताउने र आफुलाई बनाउन नआउने हुदाँ कहिलेकाही आफैले बोलेको भिडियो बनाउने गरेको भएता पनि पोस्ट भने त्यो बेला नगरेको उनले बताईन ।

पछि आफुले बोलेर नै बनाएको भिडियो निकै चल्न थाले पछि आफै बोलेर नै बनाउन थालेको उनले बताईन । आफ्नो घरमा बुवा आमाहरु पनि आफ्नै मातृभाषा बोल्ने भएकोले आफुलाई पनि नेपाली राम्रोसगँ बोल्न नआउने बताउँछिन । कतिपयले टिकटकमा बोल्न नजान्ने भन्दै जिस्काउने गरेको उनले बताईन । तर धेरैले भने आफ्नै भाषाको लवच भएको र त्यही नै राम्रो सुनिएको भन्दै हौसला दिने गरेको उनले बताएकी छिन । आफू यस्तै परिबेशमा हुर्किएकोले आफ्नो बोल्ने शैली फरक भएको उनले बताईन । (भिडियो हेर्नुस)


Last Updated on: February 17th, 2022 at 4:27 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया