मंगलबार १६ आश्विन २०८०

९ महिना देखि अचेत अबस्थामा साउदीको अस्पतालमा उपचारत तनहुका टेक ब थापा एयर एम्बुलेन्स सेवा सहित सोमबार दिउँसो नेपाल पुगेका छन् ।

साउदीको प्रतिष्ठित अल्मराई कम्पनीमा बिगत २४ बर्ष देखि हाउजिङ लिडरमा कार्यरत तनहु भिमाद नगरपालिका घर भएका थापा आफ्नो साउदी बसाइँ बिट मार्ने क्रम गत अप्रिल २१ तारिख दिन अकस्मात ह्रुदयघात ब्रेन्हेम्ब्रेज भइ अल हासा स्थित अल हासा अस्पताल उपचाररत रहेका थिए।

उक्त दिन देखि थापा अचेत अबस्थामा रहेको र एयर एम्बुलेन्स ब्यबस्था गरि नेपाल लान सकिने अस्पतालले जानकारी गराएपछि उनको कम्पनी अल्माराईले नेपाली राजदुतावासलाई समन्वय गरेको थियो ।

अस्पतालले नेपाल लान सक्ने अनुमती दिए पछी कम्पनीले थापाको परिवारलाई सम्पर्क गरि नेपाल पठाउन एयरलाईन्सलाई सम्पर्क गरेका थिए ।

नेपाल रुटमा डाईरेक्ट चल्ने हिमालय एयरसंग एयर एम्बुलेन्स सुबिधा नभएको अन्य एयरको सिधा उडान नहुदा थापालाई नेपाल पठाउन समस्या परेपछि अल्मराई कम्पनीका सिनियर सेल्स सुपरभाइजर केसीले नेपाली राजदूतावासका कार्यबाहक राजदुत दिलिप पौडेललाई भेट गरि परिवारको तर्फ लेखिएको निवेदन बुझाएर ध्यानाकर्षण गरेका थिए।

थापालाई नेपाल पठाउन परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, साउदी स्थित सक्रिय संघसंगठन र तिनका प्रतिनिधि लगायतको पहलमा अल्माराई कम्पनीको विशेष सहयोगमा सफल भएको हो सिनियर सुपरभाइजर केसीले बताउनुभयो।


Last Updated on: February 18th, 2022 at 11:32 am
५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया