सोमबार ३० साउन २०७९

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छन् ।
सिन्धुलीमाडीमा शनिबार आयोजित कार्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् । उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् ।

सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा नभित्र्याउने बताइन् । उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको बताइन् । एमाले भित्रका क्रान्तिकारीहरुलाई विद्रोह गरेर भत्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फुटाएको नभइ विद्रोह गरेको जिकिर गरिन् ।

समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ ।

पाँच दिनदेखि उठेन उपत्यकाको फोहर
स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुनसकेको छैन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो ।

पाँच दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । यता काठमाडौँ महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गर्न र स्थानीयवासीलाई अवरोध हटाइदिन माग गरेको छ ।

उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक–पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उहाँका अनुसार विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटक–पटक रोकिँदा गाली कामपाले खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको कामपाको भनाइ छ ।

कामपाले नियमितरूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाको समयमा ठूलो समस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।


Last Updated on: February 18th, 2022 at 11:59 am
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया