सोमबार ३० साउन २०७९

झापा जिल्लाको दमक हाटखोला बजारमा बिगत ३५ बर्ष अगाडि एक दिदिबहिनी छुटेका थिए । यसैक्रममा बुटवलबाट बहिनिले भने आफ्नो दिदी दमकको हाटबजारमा रहेको भन्दै मिडियामा खबर गरेसँगै आज भने मिडियाकर्मी उनको दिदिको खोजी गर्दै दमक हाटखोलामा आएका छ्न । बहिनिले आफू ६ बर्षको हुँदा आमासँग छु”टे”को आज ४४ बर्ष भएको भन्ने कुरा पनि बताएकीछिन । भगवती खड्का नेपाल नाम गरेकी उनकि दिदी बिगत ३५ बर्षदेखी गा”य”ब भएको बहिनिचाहीँले बताएकिछिन ।

उनले आमासँग छु”टे”को ४४ बर्ष भएको र दिदिबहिनी छु”टे”को भने ३५ बर्ष भएको बताएका छ्न । बेपत्ता भएकि दिदिको श्रीमानको नाम मोहन नेपाल, देवरको नाम कुमार नेपाल र छोराको नाम भने बिजय नेपाल रहेको कुराको पनि उनले मिडियालाई जानकारी गराएकिछिन । मिडियाकर्मी सोही ठाउँंमा पुगेर त्यहाँका अग्रज ब्यक्तिलाई सोधपुछ पनि गरेका छन । एक स्थानिय बुबाले बिजय नेपालको नाम सुन्नेबित्तिकै उनको घर नै देखाइदिए । मोहन नेपाल र कुमार नेपालको भने मृत्यु भैसकेको कुरा गाउँले बनाए ।

केही दिनअगाडिको मात्र कुरा मिडियाकै सहयोगमा ४५ बर्षपछी एक आमा र छोरिको मिलन भएको थियो यसैक्रममा आज भने ३५ बर्षदेखि छुटेकि दिदीको घरैमा मिडियाकर्मी पुगेका छन र दिदिको छोरा बिजय नेपाललाई घरैमा भेटेका पनि छ्न । हाल बिजय नेपालकि आमा सिक्किममा रहेको र आफूसँग कहिलेकाहीँ पाहुना झै आउने गरेको कुरा बिजयले बताए । उनले दिदिबहिनीको भेट भने अबश्य भएर छाड्ने कुरा खुलाए । आफ्नो सानिमालाई ठ्याक्कै ममिजस्तै देखेको उनले बताए ।

सानिमा र आमा छुट्टिदा बिजय मात्र तीन बर्षका रहेछ्न । सानिमाको बारेमा खबर मिल्दा आफू धेरै नै खुसि भएको र चाँडै भेट्न जाने कुरा पनि उनले जानकारी गराए । सानिमालाई आफ्नो परिवारको नाम सबै थाहा भएकोले आफूलाई आफ्नै सानिमा हो भन्ने कुरामा कुनै दुईमत नरहेको बताए । तर दुखको कुरा उनकी हजुरआमा अर्थात ममिको आमा भने परमधाम भैसकेको कुरा पनि उनले जानकारी गराए । हजुरआमा ख”स्दा आफुमात्र ६ बर्षको रहेको उनले बताए । उनले मिडियाकर्मिलाई एकदमै धन्यबाद पनि दिए ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 18th, 2022 at 3:24 pm
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया