मंगलबार २० मंसिर २०७९

स्याङ्जा ज्यान मा र्ने उद्योग र चो री मुद्दाका फ रार प्रतिवादी आँधिखोला गाउँपालिका(५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले प क्रा उ गरेको छ ।

शंकरले आँधिखोला गाउँपालिका(५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चो री लगेको घटनाको सम्बन्धमा ज्यान मा र्ने उद्योग मु द्दामा पुनराबेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी प क्रा उ गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 18th, 2022 at 3:27 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया