शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको ब ला त्का र  मु द्दामा अदालतले आ रो पि तलाई सफाइ दिएकोमा आ पत्ति जनाउनुभएको छ ।

आज रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई ब ला त्का र  गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अन्याय गरेको दुखेसो पोख्नुभयो ।

निहारिका राजपूतले राज्यले आफूलाई न्याय नदिए आ त्म ह त्या  गर्नेसमेत चेतावनी दिनुभयो । उहाँले साथीले बोलाएर घरमा गएको बेला आफूलाई जुस खु वाएर अचेत बनाएर साथीको दाजु शिवराजले ब ला त्का र  गरेको स्मरण गराउनुभयो ।

 

आफूले केही न खोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफूलाई न्याय मिल्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,द‘मैले युवकसँग अरू केही मागेको छैन, उसले सजाय मात्र पाउनुपर्‍यो अरू केही चाहिँदैन । मेरो इज्जत त गइसक्यो, अरू के बाँकी छ र ?’

उहाँले आफू कुनै पनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा शिवराजलाई मा र्न पाए धेरै शिवराज डराउँछन् ।’

युवकको परिवारले पहिला आफ्नो कुरा नसुने पनि अहिले भने आफूलाई स्वीकार गर्ने कुरा आफन्तले सुनाए पनि युवकसँग विवाह गर्ने पक्षमा भने आफू नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँको अहिले डेढ वर्षको छोरा छन् ।

बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदा पनि आजसम्म न्याय नपाएको उहाँको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उहाँले बताउनुभयो ।

उहाँले डेढ वर्षपछि भदौमा आ रो पि त युवा प क्रा उ परे पनि जिल्ला अदालत धनुषाले सफाइ दिएको भन्दै आ पत्ति जनाउनुभयो । ‘ममाथि अन्याय भएको छ, म कलङ्कित भएको महसुस गरेको छु ।’–उहाँले दुखेसो पोख्नुभयो ।

महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफूलाई सहयोग नगरेको पनि उहाँको गुनासो छ। उहाँले भन्नुभयो, ‘महिला आयोगले आफूलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफू र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारबाही गरे आफूले न्याय पाएको महसुस हुने उहाँको भनाई थियो ।

उहाँले आफूलाई बलात्कार गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पार्नुभयो । बेहोस बनाएर ब ला त्का र गरेको र आफू होसमा आउँदा जिउमा लुगा न भएको पाएको समेत उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो ज्यानमा कपडा न देखेपछि म चि च्याएर क राउँदा मेरो नाङ्गो फोटोहरू देखाएर ध म्का एपछि म  ड राएँ ।’ यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उहाँले जिकिर छ ।

निहारिकाले डिएनए टेस्ट गर्न पनि युवक नमानेको सुनाउनुभयो । युवकले आफूलाई ध म्का एको सबै प्रमाणहरू सुरक्षित रहेको पनि उहाँको भनाई छ । उहाँले अदालतले भने उक्त मुद्दामा ‘युवक र युवतीको मिलेमतोमा भएको शा री रि क  स म्बन्ध’ भनेर केटाले सफाइ पाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘धनुषा अदालतका न्यायाधीश परशुराम भट्टराईले युवकलाई सफाइ दिनुभयो ।

उहाँले आफ्नो पक्षमा न्यायको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा, बाइक चोरी गरेको र ला गु औ षधको मु द्दामा पनि युवकमाथि मु द्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’ परिवारले आफूलाई घरमा लगेमा समुदायबाट वञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उहाँले दुःख पोख्नुभयो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद भएको भन्दै उहाँको माग सुनुवाइ गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । निहारिकाले न्याय नपाए अबको विकल्प आ त्म ह त्या  मात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र तनावमा हुनुहुन्छ भन्ने कुरा दर्साएको सुवेदीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब उहाँको जाने ठाउँ छैन, कुनै पनि महिलाले न्याय नपाउने देश हो नेपाल ।’ योगमायाले महिला अधिकारको लागि लडेको धेरै भए पनि आजसम्म न्याय नपाएको स्मरण गराउँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित महिला भएर सोच्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ महिलाको बारेमा पनि सोच्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खाने मात्र काम नगर्नुहोस् ।’


Last Updated on: February 18th, 2022 at 4:26 pm
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया