मंगलबार १२ मंसिर २०८०

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ चौफाका १०२ वर्षीय जसवीर ओली बिरामीले थला परेको साता दिन बढी भयो। बिरामी भएपछि आफूलाई अस्पताल लैजान आग्रह गरिरहँदा पनि घरका कसैले नसुनेजस्तै गरेपछि मंगलबार ओली आफैं उपचारका लागि अस्पताल जान घरबाट हिँडे। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उमेरले सय नाघेका त्यसमाथि बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परे। उपचारका लागि अस्पताल हिँडेका उनी बाटामै थला परेपछि थप चिन्तित भए। बाटोमै थलिएर बसिरहेको अवस्थामा सोही वडामा रहेको प्रहरी चौकी सर्केनाबाट दुई जवान गस्तीमा निस्केका थिए। उनीहरूले बिरामी ओलीलाई बाटोमा फेला पारेपछि उद्धार गरेर नगर अस्पताल पुर्‍याए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पुर्‍याएर आफन्तलाई खबर गरेको बताइएको छ। प्रहरी जवानले बिरामी वृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल लैजाँदै गरेको फोटो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभई नागरिकलाई हुने दुःखपीडामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष मनमोहन शाहले बताए। अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 18th, 2022 at 4:46 pm
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया