सोमबार ३० साउन २०७९

६ फाल्गुन- नेपाल प्रहरीले अ प ह र ण मा परेका दुई विधार्थीहरुलाई झापाबाट सकुशल उ द्धार गरेको छ । फाल्गुन ५ गते विहान ९ बजे देखि स म्पर्क वि हिन भएका सैनामैना वडा न.६ बस्ने पुष्पा दाहालका एक छोरी एक छोरा दिउँसो २ बजे झापाको विर्तामोडबाट उ द्धार गरेको छन ।

घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेलाई प क्रा उ  गरेको रुपन्देही जिल्ला प्रहरी उपरिक्षक मनोज के.सीले जानकारी दिए ।प्रहरी उपरिक्षक के.सीका अनुसार १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त खिम बहादुर पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेको उल्लेख गरे ।

परिवारले दिएको निवेदनका आधारमा नेपाल प्रहरी युनिटनै यो घटनामा संवेदनशिल भएर लागेको बताउदै उपरिक्षक के.सीले वास्तविकता अनुसन्धान पछि थप खुल्ने र सोबारे सार्वजनिक गरिने समेत बताए । ति दुई बालबालिका र अभियुक्तलाई प्रहरीको नियन्त्रणमा रुपन्देही ल्याउने काम भएको उल्लेख गरे ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 11:06 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया