शनिबार २८ साउन २०७९

नवलपुर, फागुन ४ : बिदेशमा मृ’ त्यु भएका कावासोतीका एक ब्यक्तिको परिवारलाई बिमा बापतको रकमको चेक हस्तारन्तरण भएको छ । सिटिजन लाईफ ईन्स्योरेन्स कावासोती शाखाले मृ’त्यु दावी भुक्ता’नी गरेको हो ।

कावासोती ८ का भिमबहादुर परियारको परिवारलाई बैदेशिक रोजगार बिमा बाप’तको चौध लाख रुपैंयाको चेक प्रदान गरेको बिमा कम्पनीका कावासोती शाखा प्रमुख जगतराम ढकालले जनाएका छन् ।

मृ’त्यु दावी बापतको रकम श्रीमती शोभा परियारले बुझेकी छन् । वडाका जनप्रतिनिधि, बिमा कम्पनीका अभिकर्ता र छरछिमेकीको उपस्थितिमा परियारकै घरमा पुगेर चेक हस्तान्तरण भएको हो ।

भिमबहादुरको साउदी अरवमा हृदयघातका कारण मृ’त्यु भएको थियो । साउदी आउ–जाउ गर्ने उनी पछिल्लो समय नेपालमा छुट्टी बसेर साउदी गएको २८ दिनमै उनको मृ’त्यु भएको हो ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 11:37 am
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया