सोमबार २३ साउन २०७९

झापा । प्रदेश १ को विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृ त्यु भएको छ । इलाम, सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका ३ स्थित फिक्कल–पशुपतिनगर सडकखण्डमा बोलेरोको ठ क्क र बाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका १ का २३ वर्षीय सौगात राई रहेका छन् ।

शुक्रवार बेलुका साढे ४ बजे पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ बर्षीया सम्झना राई घाइते भएका थिए । घाइते दुबैलाई उपचारको लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल ल्याइएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । यसैगरी सुनसरी र मोरङको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना चालकको मृ त्यु भएको छ ।

हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठो क्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर १४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृ त्यु भएको हो ।

त्यस्तै मोरङको जहदा गाउँपालिका ६ स्थित भित्री सडकखण्डमा सडक छेउमा राखेको गोरु गाडामा को ३५ प ३४०५ नम्बरको मोटरसाइकल ठो क्कि एर दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर १९ का २६ वर्षीय लक्ष्मी सरदार गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


Last Updated on: February 19th, 2022 at 12:50 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया