सोमबार १९ मंसिर २०७९

काठमाडौं – बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् । भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन् ।

अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिएकी हुन् ।

‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ । यो ऋणको रकम दुई हजार रुपैंयाँ छ । जसकारण मेरो सिबिल स्कोर कम भएको छ’, उनले लेखेकी छन् । उनले ट्विटरमा धनी एपको व्यवस्थापन हेर्ने इन्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीलाई पनि ट्याग गरेकी छन् ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 1:00 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया