शुक्रबार ०५ आश्विन २०८०

यतिबेला लकडाउनले चारैतिर थप्प छ । घरमा बसेर समय बिताउन मानिसहरूले विभिन्न सामाजिक सञ्जाल रोजिरहका छन् । केहि बर्ष चीनले अगाडि ल्याइएकाे टिकटकले त झन यतिबेला बिश्व नै हल्लाएकाे छ भने यसका कारण देशकाे अर्थतत्त्रमा समेत असर परेको भन्दै बिश्वका केहि देशरूहले बन्द नै गरेका छन् ।

नेपालमा पनि टिकटक निकै चर्चामा छाइरहने माध्याम हाे । टिकटकले नै थुप्रै नेपाली कलाकारहरू जन्माइसकेको छ । टिकटकमा गरिने अभिनयका कारण गायक, गायिकादेखि मोडेल बन्नेहरूका लामै लर्को छ नेपालमा । त्यति मात्रै होइन, केहि प्रतिभावान डान्सरहरू पनि जन्मिरहेका छन् ।

यति मात्रै कहाँ हाे र, यो टिकटिककाे प्रयोगबाट नेपालीहरू कमेडियन समेत बन्न भ्याइसकेका छन् । टिकटकका कारण रेडियो सञ्चालन, बक्तृत्वकलादेखि अन्य धेरै प्रतिभाहरू जन्मिइसकेको छ । यस्तै टिकटकमै यतिबेला भाइरल बन्दै गरेकाे झापा हल्दीबारीका राम घिमिरे पनि एक उदाउँदा कलाकार हुन् भन्दा फरक पर्दैन ।

झापाका राम घिमिरेले टिकटकलाइ वि.सं २०७७ असोज १० शनिवार का दिन पहिलोपटक प्रयोगमा ल्याएका थिए । भने अहिलेसम्म् करिव २२२ वटा विभिन्न अभिनयका भिडियोहरू अपलोड गरिसकेकाे छन् । उनलाइ यतिबेलासम्म करिव ७८ हजारले पछ्याइरहेका छन् भने उनको यी सबै भिडियोहरूमा गरि जम्मा १७ लाख बढि त लाइकहरू बटुली सकेकाे छन् ।

टिकटकमा राखिएकाे भिडियोहरू मध्यै केहि माग्ने बुढाकाे अभिनय गरिएको छ । ती भिडियोहरूमा माग्ने बुढाकाे स्वर भए पनि अभिनय चै ठ्याक्कै माग्ने बुढाकै जस्तो छ । एकपटक भिडियो हेर्नुहाेसै कि साँच्चै माग्ने बुढा नै हुन् कि भनेर तपाइँहरू पनि झुक्किनु हुनेछ ।

भिडियोमा हेर्नुस्


Last Updated on: May 28th, 2021 at 11:54 am
९८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया