सोमबार ३० साउन २०७९

उदयपुर । बोलेरोले ठ, क्क र दिदा उदयपुरमा एक पुरुषको खुट्टा भाँ, चीएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १३ दनुवार चोक नजिकै पछाडीबाट बोलेरोले ठ, क्क र दिदा नविन कटुवाल गम्भीर घाइते भएका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घाइते कटुवालको एउटा खुट्टा बिभिन्न भागमा भाँ, ची एर ह,ड्डी बाहीर निस्कीएको छ ।

शुक्रबार राती करिब साढे ८ः०० बजे भएको घटनामा ठ, क्क र दिने बोलेरोको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते कटुवाल सवार मोटरसाईकल र बोलेरो सदरमुकाम गाईघाट बजारबाट मदन भण्डारी लोकमार्ग हुँदै गाईघाट-बेल्टार सडकमा अगाडि पछाडी जाने क्रममा दुर्घटना भएको हो ।

तीब्र गतिमा रहेको बोलेरो अनियन्त्रित हुँदा अगाडि गुडीरहेको मोटरसाईकलमा सवार कटुवाललाई ठ, क्क र दिएर भागेको स्थानीयले बताएका छन् ।

घटना राती भएकाले सवारीसधानको नम्बर भने ठम्याउन नसकिएको स्थानीयले बताए । बोलेरोमा मुढाहरु राखिएको प्रत्यक्षदर्शीको भनाई छ । घटनापछि भाग्दै गर्दा बोलेरोबाट खसेको एउटा मुढासमेत भेटिएको छ ।

दनुवारचोकस्थि असारी खोलामा निर्माणाधीन पुल नजिकै घटना भएलगतै स्थानीयले उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्लामा उपचार नहुने भएपनि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरिएको छ ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 3:57 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया