बुधबार २० मंसिर २०८०

तपाई जति नै धनी किन नहोस् वाटोमा पैसा भेटियो भने खुशी अवश्य हुनुहुन्छ । तर तपाईलाई थाहा छ यसरी वाटोमा पैसा भेटाउनुको पछि गहिरो रहस्य हुनसक्छ । ज्योतिर्विद सूरज मिश्राले यसरी वाटोमा पैसा भटिनुको के मतलव हुनसक्छ स्पष्ट वताउनु भएको छ । पैसा भेटिनु र पाउनुको केही न केही मतलव हुने गर्दछ । तपाई वाटोमा हिद्दा हिद्दै कही धन प्राप्ति भयो भने यसको मतलव सफलताको संकेत हुन सक्छ ।

भगवानले तपाई सफलताको अगाडी वढ्दै हुनुहुन्छ र ईश्वर तपाईको साथमा छ भन्न खोजेको हो । यसरी अचानक धन वा पैसा प्राप्ती पछि तपाईले संयमले काम लिन जरुरी हुन्छ किनकी अचानक धन प्राप्ती हुनु ईश्वरले तपाईको दायित्व र कर्तव्यको परिक्षा लिएको संकेत हुन सक्छ ।

यो भन्दा वाहेक वाटोमा अचानक प्राप्त गरेको धन वा पैसा अर्थ आफ्नो पुर्खासँग पनि जोडेर हेर्ने गरेको छ । भनिन्छ उक्त धन पुर्खाको आदेशवाट प्राप्त गरेको हो । यसको मध्यमवाट तपाईको पुर्खा जान्न चाहन्छ की आउने समयमा तपाई उक्त धनलाई कसरी कुन कामकोलागि उपयोग गर्नुहुन्छ ।

SUGGESTED NEWS
Mgid
Mgid

Lose More Than 15 Kg Of Weight With This Treatment
Ketoadvanced

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

What If Covid-19 Hit Disney?
Zestradar

सडकमा पैसा भेटिनु सही अर्थमा तपाईको परिक्षा हो । यो परिक्षा तपाईले एक व्यवस्थित रुपमा पार गर्नु पर्ने हुन्छ । तपाईले प्राप्त गरेको धनको केही हिस्सा आवश्यक परेको व्यक्तिलाई दिनु पर्छ । केही धन मन्दिरमा भगवानलाई अर्पण गर्नु पर्छ र केही धन आफ्नो खराव समयको लागि राख्नु पर्छ ।

यसरी अचानक भेटिएको धन वा पैसा दैनिक कामको लागि प्रयोग नगर्दा राम्रो हुन्छ । यसरी प्राप्त गरेको धन वा पैसा आफ्नो मोजमस्तीमा प्रयोग गरे कुनै न कुनै वेला तपाईले नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ । यसको मध्यमवाट तपाईले इश्वरले दिएको दायित्व उठाउन नसक्ने क्षमताको संकेत गर्छ ।

त्यसै गरि धन वा पैसा गुमाउनु पनि उचित मानिन्दैन । यसरी हराएको धनवाट ईश्वरले तपाईको धैर्यको परिक्षा लिएको हुन्छ । जस्तो की धन गुमाउँदा व्यक्तिले के गर्छ ? के उसले यसको लागि कसैलाई दण्ड दिन्छ ? के उ ईश्वरको शरणमा जान्छ या उ फेरी धन आर्जन गर्ने प्रयास गर्छ ? धन गुमाउनाले नै व्यक्ति आफ्नो दायित्वको वोध गर्ने हुन्छ । यदि धन वा पैसा गुमाएर व्यक्ति कुनै गलत काममा लाग्छ भने यसको परिणाम पनि चाँडै नै प्राप्त गर्छ ।


Last Updated on: May 28th, 2021 at 11:58 am
१४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया