शनिबार २८ साउन २०७९

आमा, म केही वर्ष काम गरेर फर्किन्छु है! अनि नेपालमै केही गर्नेछु” ३ वर्ष अघि माल्टा जानू भन्दा अगाडी अजयले आफ्नो आमा सङ्ग भनेको थियो । त्यसको केही दिन पछि काठमाडौ एयरपोर्टमा आफ्नो छोरालाई बिदाई गर्दै गर्दा अजयको आमाले यो सोचेकी थिइनन कि, अब उसले आफ्नो छोरालाई कहिले भेट्ने छैन। किनकि २८ वर्षका अजय श्रेष्ठले उसको आमा मात्र नभई सबैलाई छोडेर भगवानको प्यारो भए, २०२२ फेब्रुअरी १६ मा।

अजयले माल्टामा हुँदा स्कुटरमा फुड डेलिभरीको काम पाएको थियो, स्कुटरमै फुड डेलिभरी गर्ने क्रममा उसको सडक दु,र्घटना भयो। विपरीत दिशा बाट आएको ट्रकले सडकको पोललाई हा नेको थियो र त्यो पोलले अजय सवार भएको स्कुटरलाई , अनि त्यति नै बेला अजयलाई भगवानले आफ्नो बनाइसकेको थियो। उसको शरीर हस्पिटल त पुग्यो तर बिना श्वासको। के नै रहेछ र जिन्दगी ! गैर आवासीय नेपाली संघ माल्टाले अजयको शरिरलाई नेपाल पठाउने कोशिश गरिरहेको छ। तर नेपालमा शरीर पठाउन आर्थिक अभाव भएको हुनाले, सबैजना सङ्ग सहयोगको अपिल गर्दछौं ।

युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दु”र्घटनामा परी नि’धन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दु,र्घटना भएको थियो। समाचारअनुसार, उनको घ’टनास्थलमै मृ” त्यु भएको थियो। नेपालको बर्दियाको गुलेरिया ६ घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए।

सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्‍याउने काम श्रेष्ठले गर्दै आएका थिए। विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दुर्घटना गराएको थियो। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठो” क्कि ए को र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृ’त्यु भएको थियो।


Last Updated on: February 20th, 2022 at 10:50 am
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया