
काठमाडौ । पूर्व राजकुमारी पूर्णिका शाहले सबैलाई स्तब्ध बनाएकी छिन् । पूर्णिका पूर्व युवराज पारस शाहकी छोरी हुन् । उनले निक्कै मार्मिक शब्दमा सामाजिक सञ्जालमा आफ्नो विचार राखेकी छिन् ।
प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनी,
संस्कार एक कर्म हो, जसले व्यक्तिलाइ गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउदछ। भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृती हो, आफ्ना सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो।
जीवन स्थिर पोखरी होइन, जो सधै एकै ठाउमा रहिरहोस,जीवन त गतिशील नदि हो। सुख दु:ख भएको जीवन नै जीवन हो, सुख दु:ख नै नभएको जीवन त विफल हो। दु:खको अनुभुती भएपछि नै त्यसलाइ छाडेर सुखमय जिवनको इच्छा हुन्छ। जबसम्म मानिसमा आफ्नो कष्टप्रती जिज्ञासा उत्पान्न हुदैन। जबसम्म उसलाइ कष्ट भोग्नुभन्दा कष्टबाट मुक्त हुने उपाय खोज्नुमा अभुरुची जाग्दैन, तबसम्म त्यसलाइ पुर्ण मानवका रुपमा सम्झनु पनि हुदैन।
आज हामिमा साझा समस्या छ, एउटा विग्रेको अर्कोले हेर्ने बेला छैन। सबैको हृदयमा एउटै उदेश्य हुनुपर्दछ, आज हामी हार खान सक्दैनौ, सबै मिलेर जित्नै परेको छ। हामी सबैलाइ थाहा छ सेवा नै जिवको चिर सहचर हो र सेवा गर्नु नै जिवको सनातन धर्म हो। आशक्ति रहित निष्काम भावले कर्म गर्नेलाइ र असली आत्मावोधको स्थितिमा स्थिर भएकाहरुलाइ यो साक्षात्कार सम्भव छ।
नारी हाम्री जननी हुन र जननाको जहाँ आधार, सम्मान र पुजा हुन्छ देवताहरु पनि त्यही रमाउँछन। तर आज स्वयम देवताहरु देवलोकबाट धपाइएको, अशान्ती,अपराध र अमानुसिक क्रियाकलाप पराकाष्ठामा पुगेको सबैमाझ सर्ववितिदै छ। यस्तो अवस्था देखेर आफु भन्दा बढी जाल बुन्न सक्ने मानिस देखेर माकुरा स्वयम आश्चर्यमा पर्न सक्छ।
SUGGESTED NEWS
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
नेपालको हित नै हामी सबैको हित हो, जसको निमित्त सबैबाट अनुशासन प्राप्त हुनु अत्यन्त आवश्यक छ। आज आफ्नो देशलाइ त्यागेर आफ्नै देशलाइ क्षति पुर्याउने कुचेष्टामा परेकाहरु पनि झस्केर सोच्ने स्थितिमा पुगेका छन। यस्तो सुवर्ण अवसर गुमाउनु हामी सबै नेपालीको लागि मात्र नभै भावी नेपाली सन्तानको लागि समेत पछुताउनु शिवाय अरु हुन सक्तैन।
यो हामी सबैको सामु स्पष्ट भएको पनि छ। यसमा कसैको दुई मत रहन सक्तैन। यसकारण हामी सबैले अब हाहामा लाग्ने, तर्सने वा हच्कने बेला छैन र अवश्य समयलाइ चिनेर समयको साथ मिहेनत गर्नु छ, उद्योग चलाउनु छ र प्रगती गर्नु परेको छ। किनकी आजको समयमा केही व्यक्तिमात्र धनी भएर त्यो समाज सप्र्यो भन्न सकिन्न, केही ठाँउमा निर्माण हुदैमा देश बन्यो भन्न सकिन्न र धर्मको नाममा आडम्बर मात्र हुन्छ भने मानिसलाइ छकाएर स्वर्ग पुग्छ भनेर भन्न गर्हो पर्दछ।
आज हामी कसैले पनि आफू मात्र होइन नेपाल र नेपाली समाजको समान उत्थान र प्रगतिको महत्वलाइ बुझ्नु पर्दछ र समान दृष्टिले सन्तुलन ल्याउन सक्नु पर्दछ। किनभने हामी प्रत्येक प्राणी ईश्वरकै सन्तान हौ र आजको समाजमा कानुनी दृष्टिमा हामी सबै बराबर हुन्छौ, अनि मात्र देश हामी सबैको साझा हो भन्न सक्ने हुन्छौ।
अन्याय र अनाचारसँग सम्झौता गर्नु जस्तो अपराध अरु कुनै छैन भन्ने तथ्यलाइ कसैले कदापी नविर्सनु। एवं प्रत्येक अन्याय र अनाचारसँग ठिक तरिकाले भिड्नु नै सर्वोत्तम धर्म हो भन्ने तथ्यलाइ पनि सबैले सदा सम्झनु। आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्न कहिल्यै नविर्सनु। आचरण हराए संस्कार हाराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै कसैले नकार्न सक्तैन।
मुलुकभरका नेपालीबाट आज मप्रती यस्तो सहृदयता देखाई देश र जनताको सेवा गर्ने एक मात्र लक्ष्य र उत्साहलाई प्रोत्साहित गरिएकोमा म अत्यन्तै खुसी छुँ र सम्बन्धित सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु, जुन देशमा जन्मेँ, हुर्के, त्यसै देशको माटो र नेपालीको भलाइमा नै मरिमेट्न पनि सकुं यहि नै मेरो आरध्यदेव श्रीपशुपतिनाथमा प्रार्थना छ। आरध्यदेव श्रीपशुपतिनाथले सबैको कल्याण गरून् जय नेपाल –पूर्व राजकुमारी पूर्णिका शाहको फेसबुकबाट