बिहिबार १५ मंसिर २०७९

काठमाडौं, फागुन ७ – २९ वर्षीया महिलालाई ब ला त्का र गरेको आ रो प मा एक प्रधानाध्यापकलाई धनपालथानबाट प्रहरीले प क्रा उ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–५ बबियाका ४५ वर्षीय कालुराम खवासलाई बिहिबार प क्रा उ गरेको हो। प्रहरीका अनुसार खवास धनपालथान-५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनीमाथि महिलालाई घरमै पुगेर ब ला त्का र  गरेको आ रो प छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गत पुस १२ गते राति महिलाको घरमै पुगेर ब ला त्का र  गरेको किटानी जाहेरीका आधारमा खवासलाई प क्रा उ गरिएको जानकारी दिए।

उनका अनुसार प्रअ खवासवि रुद्ध ज ब रज स्ती क रणी मु द्दा चलाउन अदालतबाट आज म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ। ब ला त्का र पछि महिलाको साथमा रहेको नगदसमेत लु टे र खवास फरार भएको जाहेरी प्रहरीमा परेको डिएसपी श्रेष्ठले बताए।

ब ला त्का र  गरेको आ रो प लागेको शिक्षक खवासले पीडित महिलाको ७ लाख रुपैयाँ लगेको जाहेरीमा उल्लेख गरेकी छन्। पीडितका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकम खवासले लगेको जाहेरीमा उल्लेख छ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

 


Last Updated on: February 20th, 2022 at 11:36 am
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया