
दाङ– दाङमा श्रीमानको ह त्या गरेको आ रो प मा श्रीमती र प्रेमी प क्रा उ परेका छन् ।राप्ती गाउँपालिका–३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका–३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले फागुन ५ गते गढवा गाउँपालिका–२ कोठरीको राप्ती नदीमा चौधरीको श व फेला पारेको थियो ।
घटना शङ्कास्पद देखिएपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम स म्बन्ध रहेको भन्दै श्रीमान्ले बे इज्जत गरेकाले ह त्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मु ड्कीले हा ने र घाँटी च्या पे र ह त्या गरेको र शरीर राप्ती नदीमा फालेको प्रहरीका अनुसन्धानबाट खुलेको छ ।
काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।
हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।
बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।
उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।