
काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धन भित्रै एमसीसीका बारे सहमति जुटाउन सफल भएका छन् । आइतवार बसेको गठबन्धन दलको बैठकमा देउवा एमसीसी बारे सहमति जुटाउन सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बताए।
यादवले, “गठबन्धनमा सहमति भएको छ। आज संसद्मा टेबल हुन्छ।” एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ आफ्नो धारणा राखेका थिए। उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन्।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने
श्रीमान्को हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका(३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका(३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका(२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।
घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।
भएको छ।