शनिबार २८ साउन २०७९

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि हस्पिटलको शैयामा छटपटाउँदै उपचार गराइरहेकी उमालाई एनआरएनए कुवेत, त्यहाँस्थित नेपाली दूतावास र उहाँ कार्यरत कम्पनीका म्यानेजर होमनाथ गिरीको संयुक्त पहलमा बिहीबार नेपाल पठाइएको हो ।

उहाँलाई जीवन दिन नसके पनि एउटा सहाराको रूपमा एक व्हील चेयर सहयोग स्वरूप उपलब्ध गराइएको एनआरएनएले जनाएको छ। उहाँलाई काठमाडौँमा एनआरएनएका स्वयंसेवकले रिसिभ गर्नुभएको थियो ।

कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको एनआरएनए कुवेतले कोरोना महामारीको समयमा पनि रोजगार गुमाएर नेपाल फर्कने चाहने नेपालीलाई हवाई टिकट, पीसीआर परीक्षणको प्रबन्ध मिलाएको थियो ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 20th, 2022 at 1:31 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया