आइतबार १४ जेठ २०८०

यी हुन रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्की । ओठको मीठो मुस्कान छर्दै काठमाडौंको मुलपानीदेखि सुरु भएको साइकल यात्रा लगभग एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ । जिन्दगीमा खुशी ल्याउन कसरत हरेक नेपालीकाे संघर्षको कथा आ-आफ्नै हाेला तर यी साइकलवाली भने रामेछापबाट राजधानी छिरेपछि सुखैसुख पाइन्छ भनेर छिरेकि थिइन भन्दा फरक नपर्ला ।

बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टासम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानी तिर सुरु हुन्छ । मिरा खत्रि कार्कीले दुःखी हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् । मिराको अनुहारमा जति धेरै खुशी देखिन्छ त्यो भन्दा धेरै मनभरि पीडा छ । यो बिरानो शहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बितिसकेको छ ।

न त आफ्नो साथमा छोराछोरी छन्, न त आफ्नो साथमा श्रीमान नै छन् । काठमाण्डौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् । घर त जान्छिन् तर एकदमै अपाच्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसँग बिकल्प नै रहदैन् । आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बाध्यता भएको उनी रुदै बताउँछिन् ।

SUGGESTED NEWS
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
हाम्रो नेपाली समाजमा घरदेखि बाहिर निस्कदा त अनेक कुरा उछालिएर हरेक पाइलामा बेइज्जतकाे छिटा उफार्न पछि पर्दैनन् । तर मिरा भने घरबाट मात्रै होइन, गाउँघर नै त्यागेर बिरानो शहरमा जिन्दगीका अनेकाैं सपनाहरू साकार पर्न अघि बढिरहेका पाइलाहरू एकपछि अर्को सार्दैछिन्, धकेल्दैछिन्, र जसोतसो अगाडि बढाइरहेकिछिन् ।

भिडियोः


Last Updated on: May 28th, 2021 at 12:10 pm
५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया