शुक्रबार १६ मंसिर २०७९

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुं गा प्र हार भएको छ । संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुं गा प्र हार भएकाे हाे ।

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर लक्षित गरी प्रहार भएकाे ढुं गा भने गाडीमा लागेन् ।स्रोत हिमाल पोस्ट।

यो पनि,,प्रतिनिधि सभाकाे आजको बैठकमा एमसीसी सम्झौता पेश गरिँदै छ । [LIVE] (भिडिओ)८ फागुन, काठमाडौं । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौ ता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवाल यमा दर्ता गराएका थिए ।

त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपा भित्रकै किचलोका कारण एमसीसी अुनमोदन प्रक्रिया अघि बढ्न सकेन ।

बरु नेकपाका नेताहरुबीच दूरी बढ्दै गयो, नेक पा विभाजित भयो र संसदमा एमसीसी अनुमो दनका लागि दर्ता गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ताबाट बाहिरिए ।

आइतबार प्रतिनिधिसभामा एमसीसी परियोज ना टेबल हुँदै गर्दा आन्दोलनमा रहेको एमाले भने प्रक्रियामा सहभागी भएन । एमालेका सांसद भीम रावल चाहिं छलफलमा सहभागी भएर अनुमोदनका लागि संसदमा लैजाने सरकारको निर्णयको विरुद्धमा बोलेका थिए ।

आइतबार बिहान सत्तारुढ चार दलका शीर्ष चार नेताहरुबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने सहमति भएको थियो ।

उक्त बैठकमा एमसीसीका कट्टर विरोधी एकी कृत नेकपा समाजवादीका सम्मानित नेता झल नाथ खनाल र माओवादी केन्द्रका नारायण काजी श्रेष्ठलाई भने बोलाइएको थिएन ।

सत्ताधारी दलका शीर्ष नेताहरुबीच सहमति जुटेपछि बसेको कार्यव्यवस्था परामर्श समिति को बैठकमा माओवादी केन्द्रका सांसदहरु देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले असहमति जनाएका थिए ।

यद्यपि सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबलगर्ने कार्यसूचि तयार पारे । योसँगै एमसीसीलाई लिएर दलहरुबीच भइरहेको मतभिन्नता औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ ।|


Last Updated on: February 21st, 2022 at 11:14 am
३१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया