मंगलबार २० मंसिर २०७९

६५ वर्षको बृद्धा बा-आमाले गरे धुमधामसंग अचम्मकै बिहे, बेहुला भन्छन `सातै जुनी संगै जिउने हो। मानिसको बिहे गर्ने औसत उमेर भनेकै २२ बर्ष पछि २७ बर्ष सम्म हो ।

यो उमेरलाई परिपक्क उमेर मान्ने गर्दछन नेपाली समाजमा तर आज एउटा यस्तो अचम्मको बिहे भयो जुन बिहेमा केहि जन्ती मात्रै देखिन्थे । बेहुलाको उमेर भने ६५ बर्षको थियो अनि बेहुली ५५ बर्षकी जसको बिहे धुमधाम संग हुदै थियो । यो अचम्मको बिहे भने रिमा साइराम सेवा आश्रममा भएको हो ।

लामो समय देखि सेवा दिदै आएको उक्त आश्रममा आज भन्दा डेड बर्ष अगाडी यी दुवै बेबारिसे अबस्थामा भेटिएपछि रिमाले आफ्नो आश्रममा ल्याएर आश्रय दिदै आएकी थिइन । रिमाले आफ्नो सदस्य बनाएर राखेका यी दुईको प्रेम बसेकै कारण बिहे भएको खुलेको छ । बेहुली बनेकी महिला भने बोल्न सक्दिनन ,उनि असक्त भएपनि आफु साहरा बन्ने बताउदै उनको श्रीमान बनेका ६५ बर्षीय वृद्धाले आफुले बल्ल बुझ्ने मान्छे पाएको बताएका छन ।

उनले आफुलाई सधै खुसि दिने मान्छेहरु टाढिएको र खोजीमा हुदै गर्दा एक्कासी आफ्नो साहारामा नया व्यक्ति प्रवेश भएको बताएका छन । नव दुलाहको बिहे भने आज भन्दा ३५ बर्ष अगाडी भएको रहेछ । १९ बर्षको छोराले सधैको लागि संसार त्यागे संगै श्रीमतीले पनि यो संसार छाडेर गएपछि आफु एक्लै जीवन का* ट्दै आएका थिए ।

आँखाभरी आँसु पार्दै उनले बिगत सम्झिएर भने ‘आफुलाई साहरा दिने सबैले जीवन भरि रुवाएर छाडेर गए अब अर्को साहरा पाएको छु उसलाई टाढा जान दिन सक्दिन’ । सातै जुनी संगै जिउने कसम खाएर आफुले नया जोडी बनाएको उनको भनाइ छ ।


Last Updated on: February 21st, 2022 at 11:37 am
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया