शुक्रबार १२ आश्विन २०८०

काठमाडौं । अहिले अभिनेता पल शाहको बदनाम गर्न केही व्यक्तिहरु जुटिरहेको खुल्न आएको छ ।

सिने जगतमा ‘रिलेसनसीप’ सामान्य रुपमा लिइन्थ्यो । भए नभएपनि मिडिया र व्यक्तिहरुले यसै नाम जोडिदिने गर्थे ।

तर नायक पल शाहका लागि भने यो बिषय निक्कै भारी बन्दै गएको छ ।

चर्चित गायिका समीक्षा अधिकारी सहित चार जना सिने जगतकै पात्रसँग एकसाथ ‘रिलेसनसीप’ मा रहेको बिहे गर्ने बचन दिएको एक अर्कामा खुलेपछि अहिले यो विषय मुलधारका सञ्चार माध्यममा आउँन थालेको छ ।

केही सञ्चार माध्यमले उनीहरुबीच भएका च्याट, अडियो, भिडियो कलहरु नै सार्वजनिक गरिरहेका छन् । यति मात्र हैन पल शाह रियल हिरो की प्ले–ब्वाई भन्दै समाचार लेखिरहेका छन् ।

फिल्मी सर्कलमा पल शाहलाई धेरैले ‘प्ले–ब्वाई’ का रुपमा चिनेका छन् समेत भनिएको छ । किशोरी गायिका समीक्षा अधिकारीसँगको स्क्यान्डलपछि उनी विवादित छन् ।

उक्त स्क्यान्डलले अझै निकास नपाइरहँदा पलले अरु युवतीहरुसँग पनि विवाहको वाचा गरेर समानान्तर रिलेसनसीपमा बसेको प्रमाणहरु भन्दै बाहिर आइरहेका छन् ।

अहिले पेमा गुरुङसँग पललाई जोडिएको छ । उनी पहिले फ्यानको हिसाबले पलसँग नजिकिएकी थिइन् । फ्यान र स्टारको सम्बन्ध चाँडै ‘अफेयर’ मा बदलिएको दावी पेमाको छ ।

दुई वर्षअघि नै पेमाले पललाई आफ्नो परिवारसँग भेटाएर विवाहको निधो गराएको प्रमाण छ भन्दै सार्वजनिक गरेकी छिन् । पलले पेमाको परिवारसँग आफूहरुबीचको प्रेम स्वीकार्दै विवाह गर्ने वाचा गरे ।

त्यो वाचामा पेमा अहिले पनि ढुक्क छिन् । योबीचमा उनी अध्ययनका लागि केही समय विदेश बसिन् । अहिले नेपाल फर्किएकी छन् । पल र पेमाबीच अफेयर जारी छ भनिएको छ । यहीबीच समीक्षासँग अफेयर रहेको खुलेपछि पेमा र समीक्षाबीच च्याटमा कुरा हुन थाल्यो ।

एक अर्काले नै पलले आफूहरुलाई बिबाह गर्ने बचन दिएको कुरा साटासाट भए । त्यसपछि भयो हंगामा । उनीहरुले अरु को–कोसँग पलको के छ ? खोजी गर्न थाले त्यसपछि अरु दुई युवतीपनि भेटिएको दावी चार जनाको नै छ ।

समीक्षा पलसँग छुट्नै नसक्ने गरी गहिरो प्रेममा डुबेको पेमालाई बताएपछि अब उनीहरुको जीवनमा भूइचालो आउन थाल्यो ।

यति मात्र हैन समीक्षासँगै पलले म्युजिक भिडियोकी एक मोडलसँग पनि हिमचिम बढाइरहेको समीक्षालाई थाहा भयो । यो थाहा पाएपछि समीक्षा र ती मोडलको झगडा परेको स्रोतको दावी छ ।

पलले समीक्षासँग दुई वर्षपछि विवाह गर्ने सहमतिको कागज नै गरेको विषय बाहिरिसकेको छ । पछि समीक्षाले पेमालाई समेत सम्पर्क गरेर पल र आफ्नो सम्बन्धबारे सुनाइन् ।

फेसबुक म्यासेञ्जरमा भएको कुराकानीमा समीक्षाको कुरा पेमाले अपत्यार गरेको वा अपत्यारको अभिनय गरेको देखिन्छ । पेमाले पल र समीक्षा दुवैलाई सँगै राखेर आफूले कुरा गर्ने आश्वासन दिएकी छन् । यद्यपि, पलले दुवैसँग एकैसाथ कुराकानी गर्न चाहिरहेका छैनन् । समस्या यहीबाट आएको हो ।

समीक्षा र पेमाबीच भएको च्याट नै सार्वजनिक गरिएको छ । यति मात्र हैन । म्युजिक भिडियोकी मोडल कविता रायसँग पनि पलको अफेयर रहेको दावी उनीहरुको छ ।

कवितालाई पनि पेमा र पलको सम्बन्धबारे सुरुमा थाहा थिएन । समीक्षाले जस्तै उनले पनि पललाई चरम विश्वास गरेकी थिइन् । पलसँग विवाहको सपना बुन्दै थिइन् । पछि पेमाले नै सम्पर्क गरेर कवितासँगपनि सम्बन्ध टाढा बनाइन् ।

यी सबै प्रमाण एक मिडियालाई दिएर उनीहरुले पललाई आच्छुआच्छु पार्दैछन् । तर किशोर अवस्थाकी समीक्षा अधिकारी यो सबै बुझ्ने अवस्थामा छैनन् । उज्जवल भविष्य बोकेका पल शाहका लागिपनि यो राम्रो भइरहेको छैन । जे भएपनि सबैको हित हुनेगरी यो विषय टुंगियोस् हाम्रो अपेक्षा छ । Janaboli बाट


Last Updated on: February 21st, 2022 at 11:51 am
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया